काठमाण्डौ । अमेरिकी फास्ट फुड चेन रेष्टुरेन्ट ‘केएफसी’ले आफ्नो हेर्डक्वाटर परिवर्तन गर्ने भएको छ । कम्पनीले अमेरिकाको केन्टुकीमा रहेको हेर्डक्वाटर टेक्ससमा सार्न लागेको हो ।
एम ब्राण्डले लुइसभिल्लाबाट प्लानोमा केन्द्रीय कार्यालय सिफ्ट गर्ने जनाएको छ । यद्यपी कम्पनीले केएफसी फाउण्डेशन लगायत केही अन्य सञ्चालनहरु भने केन्टुकीबाटै गर्नेछ । केएफसीको हेडक्वाटर सार्ने निर्णयबाट केन्टुकीका गर्भनर एन्डी बेसहियरले दुखी भएको बताएका छन् । ‘मयो निर्णयबाट एकदमै निराश छु र मलाई लाग्छ कम्पनीका संस्थाप पनि यसप्रति दुखी छन् ’एन्डीले भने ।
केही वर्षदेखि थुप्रै अमेरिकी कम्पनीहरु टेक्सस राज्यप्रति आकर्षित भएका छन् । कम्पनीहरु टेक्सस राज्यको न्यून कर र व्यवसायमैत्री नीतिहरुप्रति आकर्षिक भईरहेका छन् ।
एम ब्राण्डको यो निर्णय आफ्नो मुख्य ब्राण्डहरुका लागि दुईवटा हेडक्वाटर बनाउने योजनाको हिस्सा हो । केएफसी र पिज्जा हटको हेडक्वाटर प्लानोमा र टाको बेल र ह्याबिट बर्गर एण्ड ग्रिलको भने क्यालिफोर्नियाको इर्भाइनमा रहनेछ ।
एम ब्राण्डका कार्यकारी अधिकृत डेबिट गिभ्स भन्छन्,‘यो परिवर्ति हेडक्वाटरको स्थानले दीगो वृद्धि र ग्राहकहरु,कर्मचारी, फैन्चाइजी र सेयरहोल्डर्सहरुलाई सेवा दिन सहज हुनेछ ।’
केएफसीले सन् १९३० बाट केन्टुकी राज्यमा व्यवसायको सुरुवात गरेको थियो । अहिले भने १४५ वटा भन्दा बढी देशमा २४ हजार भन्दा बढी रेष्टुरेन्टहरु खुलेका छन् ।
कोरोना महामारीपश्चात धेरैजसो अमेरिकी कम्पनीहरुले आफ्ना हेडक्वाटरहरु परिवर्तन गरेका छन् ।