शनिबार, फाल्गुन १०,२०८१ 11:15:57
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 11:15:57
IME remit
Global IME Bank Limited

पहिलोपटक एफएटिएफको 'ग्रे लिस्ट'मा पर्दा बियरिस बनेको थियो नेप्से, यसपटक त्यस्तो नहुनेमा विज्ञहरुको एकमत

Hyundai Nepal
पहिलोपटक एफएटिएफको 'ग्रे लिस्ट'मा पर्दा बियरिस बनेको थियो नेप्से, यसपटक त्यस्तो नहुनेमा विज्ञहरुको एकमत
Nabil Bank Limited

काठमाण्डौ । नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेको छ ।  

फ्रान्सको राजधानी पेरिसमा जारी एफएटीएफको बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । यसको अर्थ नेपालले २ वर्षभित्र महत्वपूर्ण कामहरु गर्नुपर्नेछ त्यहाँबाट निस्किन । सरकार र अन्य तालुकदार निकाय गम्भीर बनेर द्रूत गतिमा काम गरे भने २ वर्षअघि नै आवश्यक सुधारका रिपोर्टसहित नेपालले ग्रेलिस्टबाट हटाउने अनुरोध गर्नसक्छ ।  

ग्रे लिस्टमा नेपाल परेपछि यसले पूँजीबजारमा समेत प्रभाव पार्ने देखिन्छ । लगानीकर्ताहरु अहिले त्यसकै विषयमा तर्कवितर्क गरिरहेका छन् ।  

कतिपयले यसअघि पनि नेपाल ग्रे लिस्टमा परेको भन्दै त्यसबेलाको बजारलाई जोडेर आगामी बजारको सम्भावित दिशाको विषयमा समेत अड्कलबाजीहरु गरिरहेका छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेपाल सन् २००९ देखि २०१४  सम्म पनि एफएटीएफको ग्रे लिष्टमा परेको थियो । त्यो अवधिमा नेपालको सेयर बजारमा मिश्रित प्रभाब परेको देखिन्छ ।  

खासगरी २००९ देखि २०१३ सम्मको अबधिमा बजारमा गिरावट आएको देखिन्छ । सन् २००९ मा नेप्से सूचक ७५० को बिन्दुमा रहेको थियो, त्यस पछिको ३ बर्ष बजार बियरिस यात्रामा चल्दा नेप्सेमा क्र्यास भई २९१ सम्म आएको देखिन्छ । तर अन्तिम समयमा आउँदा भने बजारले बियरिस यात्रा सकेर सन् २०१३ को सूरुवातबाट बुलिस गति समातेको देखिन्छ ।  

-२००९ को जनवरी ४ मा नेप्से ६९६.२१ अंकमा थियो । २००९ को डिसेम्बर २९ मा ५४८.११ को विन्दूमा ओर्लिएको थियो ।  

-२०१० का लागि जनवरी ३ बाट खुलेको बजार ५४६.८८ विन्दूमा थियो । २०१० डिसेम्बर २९ मा ४०४.०६ विन्दूमा ओर्लिएको थियो।  

-२०११ को जनवरी २ मा ४००.६२ अंकमा रहेको बजार सोही वर्षको डिसेम्बर २९ मा ३१६ मा आइपुगेको थियो ।  

-२०१२ जनवरीमा ३१९ मा रहेको नेप्से परिसूचक डिसेम्बर ३१ मा भने ५३४ अंकमा फर्किएको थियो ।  

-२०१३ को  जनवरी १ मा ५३१ विन्दूबाट सुरु भएको बजार २०१३ को डिसेम्बर ३१ मा ७७१ अंकमा फर्किएको देखिन्छ ।  

त्यो समयमा सेयर बजार यसरी क्र्यास हुनुमा ग्रे लिस्टको ब्याड न्यूज भन्दा ठूलो कारण माओबादी सरकारका तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराइले पूँजीबजारप्रति राखेको नकारात्मक धारणालाई मानिन्छ । त्यसबेला डा. भट्टराईले पूँजीबजारलाई जूवाघरको संज्ञा दिएका थिए । जसका कारण लगानीकर्ताको मनोबल नकारात्मक ढंगले प्रभावित हुन पुग्दा बजारमा प्यानिक अवस्था बनेको थियो ।  

अर्थतन्त्रसँग पूँजीबजारको सम्बन्ध हुन्छ । दिगो ढंगले बजार बढ्न वा घट्न अर्थतन्त्रको स्वास्थ्यमा आउने उतारचढावले ठूलो भूमिका खेल्छ । 

पूँजीबजारमा आर्थिक तथा अन्य बिषयले पनि प्रभाव पार्ने भएको कारण यति मात्रै कारणले बजारलाई ठूलै असर गर्छ भनिहाल्न नसकिने केही जानकारहरुको तर्क छ ।  

नेपाल इन्भेष्टर्स फोरमका निबर्तमान अध्यक्ष छोटेलाल रौनियारले यस बिषयले पूँजीबजारमा खासै कुनै प्रभाव नपर्ने बताउँछन् । रौनियारकाअनुसार हाम्रो बजारमा अन्तराष्ट्रिय कम्पनीहरु छैनन् । त्यसकारण ग्रे लिष्टकै कारण पूँजीबजारमा ठूलो प्रभाव नपर्ने उनको जिकिर छ ।  

नेपाल ग्रे लिष्टमा पर्नु नेपाल राष्ट्र बैंककै कमजोरी रहेको उनले दाबी गरे । उसको नीतिकै कारण पूँजीबजार अप्ठ्यारो अबस्थामा चलेको पनि रौनियारले जानकारी दिए । उनका अनुसार नयाँ गभर्नर आँउदै गर्दा पूँजीबजारले थप लय लिने निश्चित झै देखिन्छ ।  

अर्का बजार जानकार केशब कोइराला(काका) त नेपाल ग्रे लिष्टमा पर्दा झनै सेयर बजार बढ्ने तर्क गर्छन । उनको बिचारमा नेपालको सेयर बजार अर्थतन्त्र राम्रो भएरभन्दा पनि मूद्रा बाहिरिन रोकिएर बढ्ने गरेको छ । यसकारण यदि घटिहाल्यो भने पनि त्यो अल्पकालीन मात्र हुनेछ । 'त्यो भनेको किन्ने मौका पनि हो ।' कोइरालाको बिचारमा यदि हाम्रो देशमा पनि ठूलो  विदेशी लगानी भएको खण्डमा लगानी फिर्ता जाला र यसको प्रभाव पूँजीबजारमा पर्ला भन्ने डर हुन्थ्यो ।  

'मल्टिनेसनल कम्पनीहरु खासै पूँजीबजारमा छैनन् । त्यसैले नेपाल ग्रे लिष्टमा पर्दैमा पूँजीबजारमा प्रभाव पर्दैन ।'-उनले थपे । 

अर्का बजार जानकार तथा अर्थशास्त्री डा. केशब श्रेष्ठको बिचारमा पनि ग्रे लिस्टमा परेको खबरले पूँजीबजारलाई सिधै असर गर्दैन । 'ग्रे लिष्ट भनेको मनी लाउण्डरिङको बिषय हो । यस्तो अबस्थामा आइएमएफ र बिश्व बैंकले आफूले दिने सहुलियत ऋण र अनुदानमा केही कडाइ गर्न सक्छन् ।' डा. श्रेष्ठले भने-'नेपाल अन्तराष्ट्रिय लिगल फ्रेमवर्कभित्र नगई सुखै छैन । ढिलो चाँडो लिगल फ्रेमवर्कमा नेपाल गइहाल्छ । यसले अन्तराष्ट्रिय रुपमा ठूला लगानी घट्ने हो । तर पूँजीबजारमा सिधै प्रभाब पर्दैन ।'

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.