बिहीबार, माघ २२,२०८२ 07:01:09
Bizshala
  • बिहीबार, माघ २२,२०८२ 07:01:09
Bizshala
Global IME Bank Limited
Bizshala

हतास लगानीकर्ताका कारण बजारमा प्यानिक सेल, २२ मिनेटमै २ अर्ब बढीको कारोबार

हतास लगानीकर्ताका कारण बजारमा प्यानिक सेल, २२ मिनेटमै २ अर्ब बढीको कारोबार
Shivam Cement

काठमाण्डौ । आइतबार सेयर बजार खुलेको २२ मिनेटभित्र २ अर्ब बढीको सेयर कारोबार भएको छ ।  

लगानीकर्ताहरु अत्तालिएर आफूसँग भएको सेयर फाल्दा बजारमा प्यानिक सेलको अवस्था देखिएको छ । यहीकारण छोटो समयमे २ अर्ब बढीको कारोबार भएको हो । 

Bizshala
Garima Development Bank
New Office

नेपाल सम्पत्ति शुद्धिकरणसम्बन्धी ग्रे लिस्टमा परेको र त्यसको असरले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने डरले डराएका लगानीकर्ताहरुले बजार खुलेपछि सेयर बिक्रीमा हतारो गर्दा २२ मिनेटमै २ अर्ब बढीको कारोबार हुन पुगेको हो ।  

नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले फ्रान्सको राजधानी पेरिसमा आयोजित प्लेनरी बैठकको क्रममा शुक्रबार ग्रे लिस्टमा राख्ने निर्णय गरेको थियो । यो लिस्टमा परेपछि कतिपय विदेशी दातृ निकायबाट देशलाई आउनसक्ने अनुदान तथा सहयोग रोकिने र त्यसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने आँकलनका बीच लगानीकर्ताहरुले आफूसँग भएको कित्ता फाल्ने हतारो गरेका कारण बजार खुलेको केही मिनेटमै नेप्से परिसूचक ५० बढी अंकले घटेको थियो । यो समाचार तयार पार्दासम्म भने बजार सुधारिएर नेप्सेमा २७ अंकको मात्र गिरावट देखिएको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

नेप्सेमा सूचीकृत सबै समूहका परिसूचकमा भारी गिरावट आएको देखिएको छ ।  

ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरु हतास मनस्थितिमा देखिएका हाम्रा संवाददाताहरुले जनाएका छन् । अहिलेको बजारको न्यून घटाई केही समयका लागि मात्र हुनसक्ने दाबी लगानीकर्ताहरुले गरेका कारण अवस्था अझ नकारात्मक बन्नसक्ने सम्भावना देखिन्छ ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.