काठमाण्डौ । बिगत ९ वर्षदेखि हेलमेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ‘हेल्मेट्स नेपाल’ ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपालबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट,सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन । पहिलो चरणमा काठमाण्डौका शोरुमहरु टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन ।
नक्शालस्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहनेछ । आगामी दिनहरुमा यो सुबिधाहरुलाइ थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल जोशीले बताए ।
यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ्ग कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने बिस्वास लीइएको छ । ग्राहकहरुले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग एसिसोरिजहरुको सुबिधा प्राप्त गर्न सक्नेछन । यस अघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानहरुबाट सेवा प्रदान गर्नेछ ।