शुक्रबार, श्रावण २९,२०८३ 09:05:54
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 09:05:54
Bizshala
Global IME Bank Limited

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

Prabhu Bank Limited
यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता
New Office

काठमाण्डौ । बिगत ९ वर्षदेखि हेलमेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ‘हेल्मेट्स नेपाल’ ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपालबीच सम्झौता भएको हो ।  

सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट,सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन । पहिलो चरणमा काठमाण्डौका शोरुमहरु टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन । 

CG Motors

नक्शालस्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहनेछ । आगामी दिनहरुमा यो सुबिधाहरुलाइ थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल जोशीले बताए । 

यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ्ग कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने बिस्वास लीइएको छ । ग्राहकहरुले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग एसिसोरिजहरुको सुबिधा प्राप्त गर्न सक्नेछन । यस अघि नै आफ्नो  २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानहरुबाट सेवा प्रदान गर्नेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X