काठमाण्डौ । लक्ष्मी स्टील्स लिमिटेडले जगेडा सेयर बिक्रीमा राखेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीमा चुक्ता हुन बाँकी रहेको २० लाख कित्ता जगेडा सेयर बिक्री गर्न प्रस्ताव गरिएकोले उक्त सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाण्डौको तिनकुनेमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ । सेयरको प्रतिकित्ता मूल्य २६५ रुपैयाँ निर्धारण गरिएको छ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि विद्यमान सेयरधनीहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिरका व्यक्ती वा संगठीत संस्थालाई उक्त सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने कम्पनीले जनाएको छ ।