काठमाण्डौ । गत भदौमा ३ हजारको विन्दुमा पुगेको बजार त्यसपछि ६ साता लगातार खसेर २४६० विन्दुसम्म आयो । त्यसपछि उकालो यात्रा लिएको नेप्सेले पटक÷पटक २ हजार ७८० विन्दुुमा कडा चट्टानी प्रतिरोध सामना गरेको छ । यसअघि डेलीबेसमा गत कार्तिक महिनामा तीनपटक ट्रिपल टप बनाएर खसेको बजारले यसपटक अर्थात आज २ हजार ७८५ को विन्दुमा उच्च पुनः प्रतिरोध सामाना गरेको छ ।
यसअघि पनि चार साता पहिले यहि विन्दुमा प्रतिरोध सामना गरेरे बजार नखसेको थियो । पछिल्लोपटक नेप्सेले २५०० देखि यहि विन्दुबीच साइडवेज चलेको देखिन्छ । पछिल्लोपटक बजारमा अधिकांश लगानीकर्ताहरु अल्पकालिन कारोबारी भएको र यो विन्दलाईु प्रतिरोधको विन्दु मानेका कारण पनि बजारले यही विन्दुमा प्रतिरोध सामाना गरेको हुन सक्छ ।
आज पनि यहि विन्दुमा शुटिङ स्टार अर्थात माथि लामो धागो बनाएको देखिन्छ । यद्यपी यो क्याण्डल भ्यालिड वा इन्भ्यालिड जे पनि पनि हुनसक्छ । बजारलाई तलका न्यून विन्दुहरुलाई जोडेर हेर्दा भने हायर लो बनाएको देखिन्छ । बजारले अब नयाँ हायर हाई बनाउन २८ सय विन्दुमाथिको यात्रा तय गर्नुपर्ने हुन्छ ।
जसको लागि बजार कुनै गुड न्यूजको प्रतिक्षामा पनि हुनसक्छ । यदि बजार आगामी कारोबारमा २८ सय विन्दुमाथि लागेमा भने ३ हजार विन्दुसम्मको यात्रा तय गर्न सक्ने सम्भावना पनि रहन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।