शुक्रबार, श्रावण ८,२०८३ 09:54:16
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:54:16
Bizshala
Global IME Bank Limited

मौद्रिक नीतिको समीक्षा सम्भवतः आज, ठूला परिवर्तनहरु छैनन्

मौद्रिक नीतिको समीक्षा सम्भवतः आज, ठूला परिवर्तनहरु छैनन्
New Office

काठमाण्डौ । सञ्चालक समितिले उच्च व्यवस्थापनबाट पास भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गरेको खण्डमा आज सार्वजनिक हुने भएको छ ।  

नेपाल राष्ट्रबैंक स्रोतकाअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई मुख्य अजेण्डा बनाएर आजै सञ्चालक समितिको बैठक बोलाइएको छ ।  सञ्चालक समितिले पारित नगरुञ्जेल मौद्रिक नीतिको समीक्षा आजै आउँछ भनेर ग्यारेण्टी गर्न नसकिने स्रोतको भनाई छ। 

'यो साता जसरी पनि हामीले समीक्षा सार्वजनिक गर्नुपर्छ ।' स्रोतले भन्यो-'आजैको सम्भावना पनि उच्च छ । तर निर्णय भइसकेको छैन ।'  

राष्ट्रबैंकका उच्च अधिकारीहरुका अनुसार राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा खासै धेरै र ठूला नीतिगत परिवर्तनहरु गर्ने छैन । 'ठूला नीतिगत परिवर्तन गरिहाल्नुपर्ने अवस्था छैन ।' स्रोतले भन्यो-'अघिल्लो समीक्षामा सामान्य थपघट गरेरै अर्धवार्षिक समीक्षा आउला । ठूला परिवर्तनहरु केही पनि हुने छैनन् ।' 

उच्च स्रोतका अनुसार सेयर लगानीकर्ताले चाहेजस्तो परिवर्तनहरु पनि हुने सम्भावना कम छ ।  

*यसअघिको समाचारमा असावधानीका कारण आज बोलाइएको केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।  

-सम्पादक

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.