काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको छ । बैठकले संस्थाको छैठौं साधारण सभा आगामी चैत १० गते पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा बिहान ११.३० बजेदेसख सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, बोनस सेयर जारीपश्चात संस्थाको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिक चुक्ता तथा जारी पूँजी पुर्याउने र प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
संस्थाले अन्य कुनै एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र संशोधनका विषयमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएका सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले यही फागुन २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।