काठमाण्डौ । अकामा होटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।
उक्त बैठक आगामी चैत ३ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।
उक्त सभा धुम्बाराही काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि आयोजना हुनेछ । सभामा कम्पनीको अंकित मूल्य परिवर्तन गर्ने, सर्वसाधारणमा सेयर जारी गर्ने र प्रबन्धपत्रको दफा तथा नियमावलीको नियम संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।