शुक्रबार, फाल्गुन १६,२०८१ 07:27:43
IME remit
  • शुक्रबार, फाल्गुन १६,२०८१ 07:27:43
IME remit
Global IME Bank Limited

भारतीय सेयर बजारमा भारी गिरावट, अन्य प्रमुख एशियाली बजार समेत घटे

Hyundai Nepal
भारतीय सेयर बजारमा भारी गिरावट, अन्य प्रमुख एशियाली बजार समेत घटे
Nabil Bank Limited

काठमाण्डौ । भारतीय शेयर बजारमा आज भारी गिरावट आएको छ । शुक्रबार बजार खुल्ने बित्तिकै, सेन्सेक्स र निफ्टी५० दुवै सूचकांक गिरावट देखियो।

यो समाचार तयार पार्दासम्म सेन्सेक्स इन्डेक्स १.८७ प्रतिशत अर्थात १३९६ अंकले घटेको छ । यो गिरावटसँगै आज सेन्सेक्स इन्डेक्स ७३ हजार २१६  विन्दुमा सीमित बनेको छ ।  

यस्तै निफ्टी५० पनि १.८६ प्रतिशत अर्थात ४१९ अंकले घट्दै २२ हजार १२५ विन्दुमा झरेको छ ।  

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

बीएसई स्मल क्यापमा १४५० अंक र मिडक्यापमा पनि १४५० अंककै गिरावट आएको छ । सेन्सेक्सका ३० वटा सेयरमध्ये २७ वटाको सेयरमूल्यमा गिरावट आएको छ भने ३ वटामा मात्रै वृद्धि देखिएको छ ।  

यस्तै निफ्टीको ५० वटा कम्पनीमध्ये ४५ वटामा गिरावट आएको छ । निफ्टी आईटीमा सबैभन्दा धेरै गिरावट आएको छ । निफ्टी आईटी ३.२७ प्रतिशत, अटो २.६५,मिडिया २.५०,सरकारी बैंक २.०५ र मेटल १.८२ प्रतिशतले घटेको छ ।  

यसैगरी फर्मा, बैंकिङ र वित्तीय सेवामा १ प्रतिशतसम्म गिरावट आएको छ । यो गिरावटसँगै भारीस्य लगानीकर्ताको सम्पत्ति ७.५ लाख करोड भारुले घटेको छ । बैंकिङ तथा सूचना प्रविधि क्षेत्रको ठूलो सेयरमा गिरावट आएपछि बजारमा दबाब परेको हो ।

भारतको जीडीपी वृद्धिको आधिकारिक तथ्याङ्क पनि शुक्रबार सार्वजनिक गरिने छ। केही विज्ञहरूले यो गिरावटलाई पनि जोडिरहेका छन्।

इकोनोमिक टाइम्सले शुक्रबार भारतीय सेयर बजारमा आएको भारी गिरावटको पछाडि पाँचवटा कारण उल्लेख गरेको छ । यसमा जीडीपीको तथ्याङ्क सार्वजनिक हुनुअघिको डर, ट्यारिफको मुद्दामा ट्रम्पको अस्पष्ट अडान, आईटी क्षेत्रको स्टकमा दबाब, बढ्दो डलर र विदेशी संस्थागत लगानी (एफआईआई) को निरन्तर बिक्री समावेश छ।

बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत कर अप्रिल २ बाट नभई मार्च ४ देखि लागु हुने बताएका छन् । ट्रम्पले चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त भन्सार लगाउने पनि बताएका छन् । ट्रम्पका यी भनाइहरूले विश्वका प्रमुख अर्थतन्त्रहरूबीचको व्यापार युद्ध तीव्र हुने डर पैदा गरेको छ ।

 

Sagarmatha Cement

यस्तै आज अन्य एशियाली सेयरबजारमा समेत गिरावट देखिएको छ । यो दिन जापानको निक्की२२५ इन्डेक्स २.८१ हङकङको हाङसेङ २.२७ प्रतिशत,दक्षिण कोरियाको कोस्पी ३.०८ प्रतिशत र चीनको साङघाई कम्पोजिट इन्डेक्स पनि ०.८८ प्रतिशतले घटेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.