काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्क १४ औं सन्तानको पिता बनेका छन् । मस्कको कम्पनी न्यूरोलिंककी कार्यकारी शिवान जिलिसले मस्कको १४ औं सन्तानलाई जन्म दिएकी हुन् ।
१४ औं स्न्तानको नाम सेल्डन लाइकर्गस राखिएको छ । शिवान जिलिसले गत शुक्रबार एक्समार्फत यसबारे जानकारी दिएकी हुन् । यद्यपी उनले बच्चाको जन्म महिले भएको हो भन्ने बारे केही पनि खुलाएकी छैनन् ।
शिवान र मस्कको पहिलेदेखि नै ३ वटा बच्चा छन् । जसमध्ये दुईवटा जुम्ल्याहा–स्ट्राइडर र एज्योर र छोरी अर्काडिया रहेका छन् । जुम्ल्याहा सन्तानको जन्म सन् २०२१ मा भएको थियो भने छोरी अर्काडियाको जन्म गत वर्ष माबै भएको थियो ।
गत फेब्रुअरीमा अमेरिकी सोसल मिडिया इन्फ्ल्युयन्सर तथा लेखिका एस्ले क्लेयरले आफू टेस्ला कम्पनीका मालिक एलन मस्ककी छोरीको आमा भएको दाबी गरेकी थिइन् । उनले ५ महिनाअघि आफूले गाप्य रुपमा छोरीलाई जन्म दिएको बताएकी थिइन् । सुरक्षा र गापनियताका कारण आफूले यो जानकारी पहिले नदिएको उनले बताएकी थिइन् ।
यदि क्लेयरको दाबी साचो हो भने उनीबाट जन्म लिएकी छोरी मस्कको १३ औं सन्तान हुन् ।
मस्कको ३ महिला पार्टनरबाट १२ वटा सन्तान छन् ।
सन् १९९० को दशकमा क्यानडाको क्वीन्स युनिभर्सिटीमा फिजिक्सको अध्ययनको क्रममा मस्को भेट अङ्ग्रेजी साहित्यकी विद्यार्थी जस्टिन विल्सनसँग भएको थियो । लामो समयको डेट भएपटि दुवै जनाले सन् २००० मा बिवाह गरेका थिए ।
जसको दुई वर्षपछि छोरा नेवाडाको जन्म भएको थियो । तर १० साताको अवधिमा इन्फेन्ट डेथ सिन्ड्रोमका कारण नेवाडाको मृत्यु भएको थियो । सन् २००४ मा यो जोडीले आईभीएफका माध्यमबाट जुम्ल्याहा बच्चा जन्माएका थिए । जसको नाम भिभियन र ग्रिफिन हो । सन् २००६ मा तीन बच्चा काई स्याक्सन र डेमियनको पनि आईभीएफमार्फत जन्म भएको थियो । सन् २००८ मा मस्क र जस्टिन विल्सनको डिभोर्स भएको थियो ।
त्यसपछि सन् २००८ मा मस्कले बेलायती स्टार तालुलाहसँग डेटिङ सुरु गरे । सन् २०१० मा दुवैको बिहे भयो । तथापी यो विवाह लामो समय टिकेन र दुवैले सन् २०१२ मा डिभोर्स गरे । सन् २०१३ मा फेरि दुवैले विवाह गरे । डिसेम्बर २०१४ मा तालुलाहले डिभोर्सका लागि आवेदन दिइन् तर त्यसको एक वर्षपछि फेरि उनी त्यो निर्णयबाट पछि हटिन् ।
सन् २०१६ को मार्चमा उनले तेस्रोपटक डिभोर्सका लागि आवेदन दिइन् र यसपटक भने उनी मस्बाट अलग्गिइन् । तालुहालबाट भने कुनैपनि सन्तान छैनन् ।
त्यपछि मस्कले सन् २०१६ को अन्त्य र २०१७ को सुरुवातमा नायिका एम्बर हर्डसँग डेट गरे । यो जोडी पनि सन् २०१७ को समरमा अलग भयो ।
मस्कले सन् २०१८ मा गायिका ग्रिम्ससँग डेटिङ सुरु गरे । यो जोडीले सन् २०२० मा आफ्नो पहिलो सन्तानलाई जन्म दियो । यस्तै सन् २०२१ मा सेरोगेसीका माध्यमबाट अर्को सन्तानलाई पनि स्वागत गरे ।
ग्रिम्ससँग मस्क सन् २०२२ मा अलग भए ।