शुक्रबार, श्रावण ८,२०८३ 07:54:26
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 07:54:26
Bizshala
Global IME Bank Limited

आफ्नो फाइदाका लागि राष्ट्रबैंकले चलायो एनपीएलको न्यूनतम सीमा, बैंकर भन्छन्-'हामीलाई पनि ८% चाहियो !'

आफ्नो फाइदाका लागि राष्ट्रबैंकले चलायो एनपीएलको न्यूनतम सीमा, बैंकर भन्छन्-'हामीलाई पनि ८% चाहियो !'
New Office

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आफ्ना विभिन्न कोषहरुमा थुप्रिएको निक्षेप राख्ने प्रयोजनका लागि खराब कर्जाको न्यूनतम सीमालाई चलाएको विषयमा कतिपय बैंकरहरुले नै भ्रम फैलाएका पाइएको छ ।  

निक्षेप राख्ने प्रयोजनका लागि भन्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको न्यूनतम ५ प्रतिशतको सीमालाई बढाएर ८ प्रतिशत पुर्याएपछि यसलाई गलत ढंगले अपव्याख्या भएको पाइएको छ । 

'निक्षेप राख्ने प्रयोजनका लागि मात्र खराब कर्जाको ५ प्रतिशत अनुपातलाई ८ प्रतिशत बनाइएको हो । यो उपाय केही समयका लागि मात्र गरिएको हो ।' केन्द्रीय बैंकका एक अधिकारीले बिजशालासँग भने-'तर कतिपय बैंकरहरुले यो व्यवस्थालाई राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई खराब कर्जा अनुपात कायम राख्ने न्यूनतम ५ प्रतिशतको सीमालाई संसोधन गरी ८ प्रतिशत बनाएको र यसले आफूहरुमा उत्साह छाएको भन्दै प्रतिक्रिया दिएको पाइयो । यो बुझाई सही होइन । अन्य प्रयोजनका लागि ५ प्रतिशतको खराब कर्जाको सीमा यथावत छ, यसमा कुनै संसोधन भएको छैन ।'  

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जाको अनुपात निरन्तर बढिरहेको छ । राष्ट्रबैंकले तोकेको न्यूनतम ५ प्रतिशतको सीमानजिक धेरै बैंकको खराब कर्जाको अनुपात पुगिसकेको छ । कतिपयको यस्तो अनुपात ५ प्रतिशतभन्दा माथि लागिसकेको छ । यस्तो अवस्थामा खराब कर्जाकै कारण तनावमा रहेका बैंकरहरुलाई राहात दिने उद्देश्यले केन्द्रीय बैंकले ५ प्रतिशतको न्यूनतम सीमा बढाएर ८ प्रतिशत पुर्याएको भन्दै अपव्याख्या भएको पाइएको हो ।  

राष्ट्रबैंकले विभिन्न कोषहरुमा रहेको रकम लगानी गर्नुपर्ने भन्दै ३६६ दिनको मुद्दति निक्षेपको रुपमा लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई फागुन २० गतेभित्र ब्याजदरसहितको प्रस्ताव पेश गर्न भन्दै आज(आइतबार) एउटा सूचना जारी गरेको छ । सो सूचनामा क, ख र ग वर्गका वित्तीय संस्थाहरुमा कुल ४००७९ लाख रुपैयाँ निक्षेप राख्ने भनिएको छ । सोही प्रयोजनका लागि तोकिएका शर्तहरु राखेकोमा एउटा बुँदामा केन्द्रीय बैंकले भनेको छ-'निस्क्रिय कर्जा(एनपीएल) अनुपात ८ प्रतिशत र खूद निस्क्रिय कर्जा अनुपात(खूद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको ।'  

यसअघि केन्द्रीय बैंकले यसरी निक्षेप राख्दा एनपीएल ८ को ठाउँमा ५ प्रतिशत मात्र तोक्ने गथ्र्यो । 

किन संसोधन भयो ?

राष्ट्रबैंकस्थित उच्च स्रोतका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुमा तरलता फालाफाल छ । यस्तो अवस्थामा पहिलाकै नियम, शर्त र परिधिभित्र रहेर आफ्ना विभिन्न कोषहरुमा थुप्रिएको निक्षेप बैंक तथा वित्तीय संस्थाहरुले लिने सम्भावना नदेखेपछि आफ्नो फाइदाका लागि केन्द्रीय बैंकले सुटुक्क ५ प्रतिशतको सीमा संसोधन गरी ८ प्रतिशत पुर्याएको हो ।  

'यसमा राष्ट्रबैंकले आफूसँग थुप्रिएको रकमलाई मुद्दति निक्षेपमा लगानी गर्ने र थोरै भए पनि रिटर्न पाउने अवस्था सुनिश्चितताका लागि महत्वपूर्ण सीमालाई चलाएको देखिन्छ ।' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने-'आफ्नो फाइदाका लागि जस्तोसुकै सीमा र व्यवस्था जतिबेला मन लाग्यो, उतिबेला यसरी संसोधन गर्नु गलत छ ।'  

ती बैंकरले बैंक तथा वित्तीय संस्थाहरुलाई यो वा त्यो नाममा नियामकीय चेपुवामा पारी नाफा कमाउन नदिने, सेवाशुल्कमा उस्तै कैंची लगाउने राष्टबैंकले आफ्ना कोषहरुमा थुप्रिएको रकमलाई रिटर्न आउने गरी लगानीमा लगाउनका लागि यस्तो काम गरेकोमा रोष प्रकट गरे । 'केन्द्रीय बैंकले आफ्नो सहजता मात्र होइन, हाम्रो पनि सहजता हेर्नुपर्छ । अब अवस्था बिग्रिरहेको बेला र मुलुक आर्थिक मन्दीमा रहेको बेला खराब कर्जाको न्यूनतम सीमालाई ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुर्याउनुपर्छ । यो सुविधा हामीलाई पनि चाहियो ।' ती बैंकरले भने -'बदलिँदो परिस्थितिमा खराब कर्जाको न्यूनतम अनुपात ८ प्रतिशत बनाइनु न्यायोचित नै हुन्छ । हाम्रै छिमेकमा १० प्रतिशतसम्म खराब कर्जा हुँदा सामान्य मानिन्छ । यहाँ मात्र हाउगुजी बनाइदिनु भएन ।'  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.