सोमबार, चैत्र ३०,२०८२ 11:57:14
Bizshala
  • सोमबार, चैत्र ३०,२०८२ 11:57:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यामाहा नेपालद्वारा विशेष अफरहरूसहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’को घोषणा

Bizshala
यामाहा नेपालद्वारा विशेष अफरहरूसहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’को घोषणा
Shivam Cement

काठमाण्डौ । यामाहा नेपालले यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना हुने यामाहा मेगा सर्भिस क्याम्पको साथमा देशभरका यामाहा चालकहरूका लागि एक रोमाञ्चक अवसर ल्याएको छ। कम्पनीले दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्प ल्याएको हो।

यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन् ः

–उत्कृष्ट इन्जिनकार्यसम्पादनकोलागियामाल्यूबमा१५५छुट

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

–टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेनुइन स्पेयर पार्ट्समा १०% छुट

–लेबर चार्जेजमा ५० प्रतिशत छुट

–सुरक्षा र दक्षता बढाउन १५ प्वइन्ट चेक–अप

–निःशुल्क बाइक वाश

–निःशुल्क एएमसी कार्ड

–सर्भिस क्याम्पमा आउने ग्राहकहरूका लागि गिफ्ट ह्याम्परहरू

नेपालभरि २०० भन्दा बढी अधिकृत सेवा केन्द्रहरू भएको यामाहाले दक्ष प्राविधिकहरू मार्फत् विशेषज्ञ सेवा प्राप्त गर्ने कुरा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।योसँगै अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधिको साथमा आफ्नो बाइकको उच्चस्तरीय प्रदर्शनका लागि ग्राहकहरूले यामाहा एफआई स्टेशनहरूबाट जेनुइन एफ आई हेल्थ रिपोर्ट प्राप्त गर्न सक्नेछन्।

CG Motors
Garima Development Bank
IME remit

मेगा सर्भिस क्याम्पको उद्घाटन समारोहमा बोल्दै एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, ‘हामीलाई उत्कृष्ट सेवा पनि उत्कृष्ट उत्पादन जत्तिकै महत्त्वपूर्ण हुन्छ भन्नेमा विश्वास गर्दछौं। यसर्थ यामाहा मेगा सर्भिस क्याम्पमार्फत् हामी हाम्रा ग्राहकहरूलाई किफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्दैछौं। हामी सबै यामाहा चालकहरूलाई यो अवसरको फाइदा उठाउन र आफ्ना बाइकहरूलाई उत्कृष्ट अवस्थामा राख्न आमन्त्रित गर्दछौं।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.