काठमाण्डौ । युक्रेनका राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एउटा होटलमा रुसी क्षेप्यास्त्र आक्रमणमा परि चार जनाको मृत्यु भएको छ ।
जेलेन्स्की ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला यो हमला भएको हो । सहरका क्षेत्रीय गभर्नर सेर्ही लिसाकले क्रिभिई रिहमा रुसी मिसाइल प्रहारबाट कम्तिमा चार जनाको मृत्यु भएको र ३१ जना घाइते भएको बताए ।
सेर्ही लिसाकले युक्रेनको मध्य शहरमा रहेको एउटा होटलमा मिसाइल खसेको र त्यसले १३ अपार्टमेन्ट ब्लक र १२ पसलमा क्षति पुगेको बताए । युक्रेनको रणनीतिक उद्योग मन्त्रालयका सल्लाहकार युरी साकले यसलाई ‘शान्तिपूर्ण होटल’ मा भएको आक्रमण भने।