शनिबार, श्रावण २,२०८३ 04:10:28
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:10:28
Bizshala
Global IME Bank Limited

महुली लघुवित्तको साधारण सभा आज, यस्ता छन् प्रस्ताव

महुली लघुवित्तको साधारण सभा आज, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको १२ औं वार्षिक साधारण सभा सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुनेछ ।  

उक्त सभामा थप सार्वजनिक निष्कासन(एफपीओ) बाट प्राप्त ४ करोड ७५ लाख ४४ हजार ९१५ सेयरलाई चुक्तापूँजीमा वृद्धि गरी वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने तथा उपरोक्त संशोधनहरुमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतबाट स्वीकृती लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन÷परिवर्तन गर्न निर्देशन भएमा वा भाषिक फेरवदल गर्नु पर्ने भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन लगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तलाई गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विेशष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै संस्थापक सेयरलाई सर्वसाधारण सेयर समूहमा परिणत गर्ने तथा सो सम्बन्धमा कार्य गर्न गराउन सम्बन्धीत निकायबाट स्वीकृती लिई पूँजी संरचना परिवर्तन गर्न वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै निर्देशन भएमा वा भाषिक फेरवदल गर्नु पर्ने भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन लगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा सोहि अवधिको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभाबाट ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्ने प्रस्ताव समेत अनुमोदन हुनेछ ।        

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत फागुन ९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ फागुन ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुमात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.