बिहीबार, श्रावण २८,२०८३ 01:13:34
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:13:34
Bizshala
Global IME Bank Limited

लगातार तीन साता बढेको बजारको आगामी यात्रा कस्तो ? यस्तो छ प्राविधिक विश्लेषण

Prabhu Bank Limited
लगातार तीन साता बढेको बजारको आगामी यात्रा कस्तो ? यस्तो छ प्राविधिक विश्लेषण
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा यो साता बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । ४ दिन कारोबार भएको अघिल्लो साता बजार २ हजार ८१५.०४ को विन्दुमा बन्द भएको थियो । यो साता भने बजार २ हजार ८१८.४३ को विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता सेयरबजार ३.३९ अंकले बढ्यो । अघिल्लो साता पनि बजार ७१.३ अंकले बढेका थियो । यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा ६२ अर्ब ५५ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो । अघिल्लो साता ४ दिनको कारोबारमा बजारमा ४३ अर्ब ९३ करोड रुपैयाँबरारको कारोबार भएको थियो । यस हिसाबले यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुबैमा बढोत्तरी आयो । यो साता बजार पूँजीकरण ४६ खर्ब ७९ अर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ४६ खर्ब ७४ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार बढ्दा ५ अर्बले बजार पूँजीकरण बढ्यो ।  

 

 

प्राविधिक पक्षः  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर एकदिनदेखि एकसय बर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

हामीले अघिल्लो साता इलिअट वेभ मार्फत व्याख्या गरे जस्तै बजारले यो साता फिवोनासीको २.६१ प्रतिशतको बढोत्तरीका साथ २९२९ विन्दुसम्म पुगेर १ देखि ५ वटा वेभ पुरा गरेको छ । त्यहाँबाट खसेर बजारले वेभ ‘ए’ बनाउँदै २८१८ विन्दुसम्म आएको देखिन्छ । आगामी साता वेभ ‘बी’मा बढोत्तरी आउन सक्ने सम्भावना अधिक रहन्छ । यदि आगामी साता २८ सय विन्द्ुमाथिबाट नै बजारमा सुधार आयो भने वेभ ‘बी’ हुने र वेभ ‘सी’ मा बजार एकपटक २७६० देख २७८० विन्दुसम्म आएपछि हाल चलेको वेभको एउटा चक्र पुरा हुन्छ । 

त्यसपछि बजार नयाँ उचाईतर्फ लम्कने सम्भवना रहन्छ । यो साताको बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा दैनिक औषत कारोबार १२ अर्ब माथि आएको छ । यसले बजार ‘बुलिस’ नै देखिन्छ । यहाँ महत्वपूर्ण विषय के रहेको छ भने, बजार दीर्घकालको लागि बुलिस नै हो, तर अल्पकालको लागि अघिल्लो साताहरुमा केही अंक बढेपछि बजारले करेक्सन लिँदै गरेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो साताको बजारलाई साप्ताहिक रुपमा नियाल्दा अपर ब्याण्डमा शुटिङ स्टार बनेको छ ।। यसले अल्पकालमा बजारमा नाफा बुक भएको बुझिन्छ । म्याक्डीबाट नियाल्दा बजार लामो समयपछि यो साता बुलिस क्रसओभरमा चलेको देखिन्छ । हिस्टोग्राम सकारात्मक बनेको छ । साप्ताहिक रुपमा आरएसआईबाट नियाल्दा यो साता बजार ६२ को तहमा चलेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा अल्पकालमा करेक्सन हुँदै गरेको तर दीर्घकालको लागि भने बजार ‘बुलिस’ नै भएको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –३०३९

प्रतिरोध २ – २९३३

प्रतिरोध १–२८७५

पिभट् प्वइन्टः२७६८

घटेमा सपोर्ट  

सपोर्ट १– २७०८

सपोर्ट २– २६०२

सपोर्ट  ३ –२५४३

निष्कर्षः  अघिल्लो २ साता राम्रै अंकले बढेको बजारमा यो साता झिनो अंकले मात्रै सुधार आयो । यो साताको पाँच कारोबारमा नेप्सेमा कारोबार र सूचक दुवैमा सुधार आयो । पछिल्लोपटकको बजारलाई प्राइस एक्सन, इलिअट वेभ तथा विभिन्न इन्डिकेटरबाट नियाल्दा दीर्घकालका लागि बजार बुल नै रहेकोमा कुनै शंका छैन । जसलाई निरन्तर १० अर्ब माथिको कारोबारले थप पुष्टि गर्छ ।

यद्यपी पछिल्लो बजारलाई इलिअट वेभबाट नियाल्दा हामीले अघिल्ला साताहरुमा व्याख्या गरे जस्तै बजारले यो साता पाँचांै वेभ सकेर वेभ ‘ए’ बनाएको हाम्रो ठम्याइ रहेको छ । आगामी कारोबाहरुमा ‘एबीसी’ चक्र चल्दा बजार केही समय साइडवेज चल्न पनि सक्छ । त्यसपछि भने बजार पुनः नयाँ चक्रमा नयाँ उचाईतर्फ अघि बढ्छ भन्ने हाम्रो अघिल्ला साताको विश्लेषणमा हामी अडिक नै छौ । यसर्थ हालको बजारमा केही करेक्सन भनेको बुल भित्रकै करेक्सन हो ।  

क्षेत्रगत रुपमा यो साता  विकास बैंक , जीवन बीमा , निर्जिवन बीमा , उत्पादन क्षेत्र , अन्य तथा म्युचुअल फण्डमा हरियाली छायो भने वाणिव्य बैंक , वित्त , लघुवित्त , होटल्स  जलविद्युत, लगानी , तथा कारोबार समूहमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.