शनिबार, श्रावण ९,२०८३ 05:08:37
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:08:37
Bizshala
Global IME Bank Limited

यामाहा नेपालद्वारा डब्लूआर १५५ आर सार्वजनिक

यामाहा नेपालद्वारा डब्लूआर १५५ आर सार्वजनिक
New Office

काठमाण्डौ । यामाहा नेपालले अन–रोड र अफ–रोड एडभेन्चरको लागि डिजाइन गरिएको बहुप्रतिक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लूआर १५५ आर आधिकारिक रूपमा सार्वजनिक गरेको छ। धुलिखेलको डर्ट टेम्पलमा आयोजित उत्साहले भरिपूर्ण लन्च कार्यक्रमले एडभेन्चर उत्साही र यामाहा ग्राहकहरूलाई विशेष डर्ट ट्र्याक एक्सपिरियन्स दिलाएको कम्पनीले जनाएको छ।

कार्यक्रमकै दौरान यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले एकमुष्ट साँचो हस्तान्तरण समारोहमा डब्लूआर १५५ आर का ग्राहकहरूलाई साँचो हस्तान्तरण गरे।

राइडरहरूको अनुभवलाई अझ बढाउन यामाहाले सबै सहभागीहरूलाई आवश्यक अफ–रोड सवारी प्रविधिहरूसँग सुसज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान गर्‍यो। तालिमपछि सवारहरूले ओपन डर्ट ट्र्याकमा डब्लूआर १५५ आरको क्षमताहरूको पूर्ण अनुभव लिँदै रियल वर्ल्ड कण्डिसनमा आफ्नो सीप परीक्षण गर्ने अवसर समेत पाएका थिए।

यामाहा डब्लूआर १५५ आर का यस्ता छन् विशेषताहरु ः

डब्लूआर १५५ आर यामाहाको डुअल–पर्पोज सेगमेन्टमा नवीनतम अफर होजुन रोड पर्फर्मेन्समा सम्झौता नगरी अफ–रोडसवारीको रोमाञ्च खोज्नेहरूका लागि भनेर डिजाइन गरिएको छ।  

–शक्तिशाली १५५ सीसी लिक्विड(कूल्ड, भीभीए इन्जिन – यामाहाको उन्नत प्रविधिबाट तयार सबै भूभागहरूमा उत्कृष्ट पावर डेलिभरी सुनिश्चित गर्दछ।

–हल्का तौल र टिकाउ फ्रेम ( अफ(रोडट्रेलहरूमा उत्कृष्ट गतिशीलता र सहनशीलताको लागि डिजाइन गरिएको।

–लंग ट्राभल सस्पेन्सन – उच्चकोटीको स्थिरता र नियन्त्रणको लागि टेलिस्कोपिक फ्रन्ट फोर्करलिङ्क–टाइप रियर सस्पेन्सनले सुसज्जित।

–२४५मिमि उच्च ग्राउन्ड क्लियरेन्स र ठूलो २१(इन्च फ्रन्ट ह्वील – चरम भूभाग र अवरोधहरू सजिलै सँग सामना गर्नको लागि उत्तम।

–उत्कृष्ट ब्रेकिङ प्रणाली – अगाडि र पछाडिको डिस्कब्रेकले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि अधिकतम रोक्ने शक्ति सुनिश्चित गर्दछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.