काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । धितोपत्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीको आईपीओ कुल सदर भएको आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । सेयर पाउने लगानीकर्ताबीच यतिबेला कम्पनीको आइपीओले दोस्रो बजारमा कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने जिज्ञासाको विषय बनेको छ ।
कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम १००.८० रुपैयाँदेखि अधिकतम ३०२.०४ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कम्पनीको वास्तविक नेटवर्थको आधारमा तोक्ने गर्दछ । नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थको तीनगुणासम्म ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ ।
नेपाल माइक्रो इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को वास्तविक प्रतिसेयर नेटवर्थ १००.८० रुपैयाँ रहेको छ । कम्पनीले आव २०८३/८४ सम्म नेटवर्थ १०५.४३ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।