बुधबार, भाद्र ३,२०८३ 01:30:58
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 01:30:58
Bizshala
Global IME Bank Limited

वाणिज्य बैंकहरुले कमाए रु.३६.०६ अर्ब नाफा, ११ बैंकको घट्यो

वाणिज्य बैंकहरुले कमाए रु.३६.०६ अर्ब नाफा, ११ बैंकको घट्यो
New Office

काठमाण्डौं । वाणिज्य बैंकहरुले ३६ करोड रुपैयााँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुले चालु आवको ७ महिनासम्ममा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  

यो नाफा गत आवको तुलनामा १.६२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म आधा बैंकहरुले गत आवको तुलनामा मुनाफा बढाएका छन् भने आधा बैंकको नाफा गत आवको तुलनामा बढेको छ ।  

माघ मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिलले सो अवधिसम्म ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ०.६२ प्रतिशत बढी हो ।  

Bizshala
CG Motors

त्यस्तै, दोस्रो बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ३ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४५.०१ प्रतिशत बढी हो ।  

यसका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड, एभरेष्टले २ अर्ब ५७ करोड, नेपाल बैंकले २ अर्ब ४५ करोड, एनएमबिले २ अर्ब ३४ करोड, प्राइम कमर्सियलले २ अर्ब १८ करोड, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ८३ करोड, प्रभुले १ अर्ब ८३करोड, लक्ष्मी सनराइजले १ अर्ब ५८ करोड, हिमालयन बैंकले १ अर्ब ४७ करोड र सानिमा बैंकले १ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ ।  

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड, नेपाल एसबिआईले १ अर्ब ९ करोड, माछापुच्छ्रेले ९६ करोड, कृषि विकासले ७९ करोड, सिटिजन्सले ९० करोड, सिद्धार्थले ८५ करोड, कुमारीले ७३ करोड र एनआइसी एशिया बैंकले जम्मा ४६ करोड रुपैयाँ नाफा कमाएको छ ।  

गत आवको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा नेपाल बैंक रहेको छ । बैंकले १५६.३१ प्रतिशतले नाफा बढाएको छ । त्यस्तै, दोस्रो बढी नाफा बढाउनेमा प्रभु बैंक रहेको छ । यो बैंकले पनि ९७.७८ प्रतिशत बढीले नाफा बढाएको छ ।  

त्यस्तै, सबैभन्दा बढी नाफा घट्नेमा भने एनआइसी एशिया रहेको छ । बैंकको नाफा ७८.३१ प्रतिशतले नाफा घटेको छ । अन्य नाफा घट्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ, कृषि विकास, सिटिजन्स, प्राइम कमर्सियल र सानिमा बैंक रहेका छन् ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.