शुक्रबार, श्रावण २९,२०८३ 09:19:46
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 09:19:46
Bizshala
Global IME Bank Limited

सेबोनद्वारा कुमारी क्यापिटललाई रु.१ अर्बको म्युचुअल फण्ड निश्कासनको अनुमति

Prabhu Bank Limited
सेबोनद्वारा कुमारी क्यापिटललाई रु.१ अर्बको म्युचुअल फण्ड निश्कासनको अनुमति
New Office

काठमाण्डौ । धितोपत्र बोर्डले १ अर्ब रुपैयाँ बराबरको कुमारी सवल योजना नामको म्युचुअल फण्ड स्किमलाई युनिट निश्कासनका लागि अनुमति दिएको छ । 

बोर्डले पुस १ गते कुमारी क्यापिटलले प्रस्ताव गरेको कुमारी सवल योजना नामक म्युचुअल फण्डका इकाई बिक्री गर्ने अनुमति दिएको हो । 

CG Motors

यो बन्दमुखी स्किमले १० रुपैयाँ प्रति युनिटका दरले १० करोड युनिट निश्कासन गर्नेछ । 

यो फण्डको स्पोन्सर कुमारी बैंक हो भने व्यवस्थापक कुमारी क्यापिटल ।

यसअघिदेखि नै कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजना नामका दुईवटा बन्दमुखी स्किम सञ्चालन गर्दै आएको छ । कुमारी सुनौलो लगानी योजना नामको खुल्लामुखी फण्ड समेत कम्पनीले ल्याइसकेको छ । 

दोश्रो बजारको विषयमा लगानी गर्नका लागि पर्याप्त ज्ञान नभएकाहरुका लागि म्युचुअल फण्डका स्किम लगानीका राम्रा विकल्प हुन् ।

यस्ता स्किमहरुले विज्ञ तथा विश्लेषकहरुको सुझावका आधारमा विभिन्न कम्पनी तथा लगानी उपकरणहरुमा लगानी गर्ने हुनाले दोश्रो बजारमा जस्तो सर्वसाधारण डूब्ने जोखिम न्यून हुन्छ । 

योजना व्यवस्थापकले सर्वसाधारणबाट सानो सानो रकम जुटाएर एकमुष्ट रुपमा विभिन्न विकल्पमा लगानी गरी वार्षिक रुपमा प्रतिफल दिने गर्छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X