बुधबार, असार १०,२०८३ 09:48:26
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:48:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

क्रेष्ट माइक्रो लाइफको आईपीओ मंगलबार बाँडफाँड हुने, साढे १८ लाखको हात खाली हुने पक्का

Laxmi Sunrise Bank Limited
क्रेष्ट माइक्रो लाइफको आईपीओ मंगलबार बाँडफाँड हुने, साढे १८ लाखको हात खाली हुने पक्का

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ चैत ५ गते कम्पनीकै कार्यालयमा बिहान ८ः३० मा बाँडफाँड हुने भएको हो ।  

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३.२७ गुणा बढी आवेदन परेको छ । अन्तिम दिनसम्ममा कम्पनीको सेयरमा कुल २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता सेयरका लागि आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेका कारण उक्त आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको आईपीओमा २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रूपैयाँ बराबरको सेयर माग भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

कम्पनीको आइपीओमा आवेदन दिएका आवेदकहरुमध्ये १८ लाख ६४ हजार भन्दा बढीको हात खाली हुने भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.