काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म १६.०२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा १९ लाख ८५ हजार ६६३ आवेदन परेको हो ।
सिडिएससीका अनुसार कम्पनीको आईपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले गत फागुन २७ गतेदेखि आम सर्वसाधारणका लागि कुल १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गरेको थियो ।
कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।