काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा नेपालमा काम गर्न ५८६ विदेशीले श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा धेरै श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिक रहेका छन् । यस्तो समीक्षा अवधिमा १ हजार ८१ विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ ।
फागुन महिनामा भने ५५ विदेशीले श्रम स्वीकृति लिएका छन् ।
यस्तै फागुनमा श्रम स्वीकृति नवीकरण गर्ने विदेशीको संख्या ११३ रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।