सोमबार, मंसिर १०,२०८१ 04:58:26
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 04:58:26
IME remit
Global IME Bank Limited

एसबीआई बैंकलाई आरबीआईले लगायो २ करोड भारु जरीवाना,यस्तो छ कारण

Hyundai Nepal
एसबीआई बैंकलाई आरबीआईले लगायो २ करोड भारु जरीवाना,यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया(एसबीआई बैंक)लाई भारतको केन्द्रीय बैंकले २ करोड भारु जरीवाना  लगाएको छ । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले नियामकीय नियम उल्लंघन गरेको भन्दै एसबीआई बैंकलाई २ करोड भारु जरीवाना लगाएको हो ।  

Bizshala
Shivam Cement
CG Motors

एसबीआई बैंकले ‘डिपोजिटरी अवेयरनेस फण्ड स्किम २०१४’ का केहि नियमहरु उल्लंघन गरेको विषयमा बैंकलाई आर्थिक कारबाही गरिएको भारतीय मिडियाले जनाएका छन् । रिपोर्टका अनुसार एसबीआई बैंकले प्लेजीको रुपमा केहि कम्पनीको ३० प्रतिशत भन्दा बढी पेड–अप सेयर पूँजी राखेको थियो तर बैंकिङ नियमन ऐनले निर्धारण गरेको अवधिमा यसको रकम ‘डिपोजिटरी एजुकेशन एण्ड अपेयरनेस फण्ड’मा जम्मा गरिएको थिएन । यहि कारण आरबीआईले बैंकलाई नोटिस जारी गरेको थियो र अहिले २ करोड जरीवाना लगाएको छ ।  

आरबीआईले बैंकलाई यो जरीवाना नियामकीय कमजोरीका कारण लगाइएकाले बैंक र ग्राहकबीच कारोबार वा कुनै पनि प्रकारको सम्झौतासँग यसको सम्बन्ध नभएको जनाएको छ । यसको अर्थ यो कारबाहीले बैंकका ग्राहकलाई कुने प्रकारको असर नपर्ने जनाइएको छ ।  

आरबीआईले अन्य दुई बैंकलाई पनि आर्थिक जरीवाना लगाएको छ । आरबीआईले नियमको उल्लंघन गरेको भन्दै सिटी युनियन बैंकलाई ६६ लाख भारु र कानेरा बैंकलाई ३२.३० लाख भारु जरीवाना लगाएको छ ।    

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.