मंगलवार, असार १७,२०८२ 07:21:39
  • मंगलवार, असार १७,२०८२ 07:21:39
Global IME Bank Limited

ह्वाट्सएपमा आउँदैछ गज्जबको फिचर, अब एआईले लेख्नेछ प्रयोगकर्ताका लागि म्यासेज

Hyundai Nepal
ह्वाट्सएपमा आउँदैछ गज्जबको फिचर, अब एआईले लेख्नेछ प्रयोगकर्ताका लागि म्यासेज
Nabil Bank Limited

काठमाण्डौ । ह्वाट्सएप विश्वमा सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म हो । यो प्लेटफर्ममा प्रयोगकर्ताले एआई फिचर्स समेत पाउने गर्छन् । यो प्लेटफर्ममा मेटा एआईको फिचर्स समेत उपलब्ध छ ।  

यस्तोमा ह्वाट्सएपमा अन्य नयाँ एआई फिचर्स समेत आउने भएको छ । रिपोटर्सका अनुसार कम्पनीले एआई पावर्ड रि–राइट फिचरमाथि काम गरिरहेको छ । रि–राइट फिचरको सहायताले प्रयोगकर्ताले आफ्नो म्यासेजलाई अलग–अलग स्टाइलमा लेख्न सक्नेछन् । यो फिचरले प्रयोगकर्ताको म्यासेजलाई प्र्रूफरिड समेत गर्नेछ ।  

यसका साथै,ह्वाट्सएपले मेटा एआईका लागि टु–वे लाइभ भ्वाइस च्याट फिचरमा समेत काम गरिरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

एन्ड्रोइड अथोरिटीको रिपोर्टका अनुसार ह्वाट्सएपले टेक्स्ट रि–राईटिङ फिचरमा काम गरिरहेको छ । जुन एआईमा आधारित हुनेछ । यो फिचरको बारेमा एन्ड्रोइड एप्लिकेशन प्याकेज अर्थात ‘एपीके’बाट जानकारी प्राप्त गर्न सकिनेछ । यो फिचरलाई एन्ड्रोइड भर्जन २.२५.८.५ मा स्पट गरिएको छ ।  

तथापी यो फिचर अहिले भिजिबल भने छैन । जसका कारण यसलाई अहिले नै बसैले पनि प्रयोग गर्न भने गर्न सक्दैनन् ।

एआई रि–राइट फिचर एउटा फ्लोटिङ एक्सन बटनको रुपमा उपलब्ध हुनेछ । यो बटन पेन्सिल आईकनको रुपमा हुनेछ । जुन सेन्ड बटनको माथि देखिनेछ । यो बटन प्रयोगकर्ताले केही टाइप गरेभने मात्रै देखिनेछ ।  

केही शब्द टाइप गरेपछि प्रयोगकर्ताले यो पेन्सिल आईकनमा ट्याप गर्नुपर्ने हुन्छ । यहाँ ट्याप गर्यो भने प्रयोगकर्तालाई टेक्स्ड एडिटरको एक्सेस प्राप्त हुनेछ । यसको सहायताले प्रयोगकर्ताले टेक्स्ड रि–राईटिङ अप्शनको फिचर प्राप्त गर्नेछन् । यसको सहायताले प्रयोगकर्ताले आफ्नो म्यासेजलाई फनी, रिफ्रेज,सापेर्टी र अन्य तरिकाबाट परिवर्तन गर्न सक्छन् ।  

तथापी ह्वाट्सएपको यो फिचर कहिलेसम्म लञ्च हुन्छ भन्नेबारे केही पनि उल्लेख छैन । अहिलेलाई भने यो प्लेटफर्ममा प्रयोगकर्ताले मेटा एआई फिचर प्रयोग गर्न सक्छन् ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.