मंगलवार, असार ९,२०८३ 09:51:35
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:51:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ह्वाट्सएपमा आउँदैछ गज्जबको फिचर, अब एआईले लेख्नेछ प्रयोगकर्ताका लागि म्यासेज

Laxmi Sunrise Bank Limited
ह्वाट्सएपमा आउँदैछ गज्जबको फिचर, अब एआईले लेख्नेछ प्रयोगकर्ताका लागि म्यासेज

काठमाण्डौ । ह्वाट्सएप विश्वमा सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म हो । यो प्लेटफर्ममा प्रयोगकर्ताले एआई फिचर्स समेत पाउने गर्छन् । यो प्लेटफर्ममा मेटा एआईको फिचर्स समेत उपलब्ध छ ।  

यस्तोमा ह्वाट्सएपमा अन्य नयाँ एआई फिचर्स समेत आउने भएको छ । रिपोटर्सका अनुसार कम्पनीले एआई पावर्ड रि–राइट फिचरमाथि काम गरिरहेको छ । रि–राइट फिचरको सहायताले प्रयोगकर्ताले आफ्नो म्यासेजलाई अलग–अलग स्टाइलमा लेख्न सक्नेछन् । यो फिचरले प्रयोगकर्ताको म्यासेजलाई प्र्रूफरिड समेत गर्नेछ ।  

यसका साथै,ह्वाट्सएपले मेटा एआईका लागि टु–वे लाइभ भ्वाइस च्याट फिचरमा समेत काम गरिरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

एन्ड्रोइड अथोरिटीको रिपोर्टका अनुसार ह्वाट्सएपले टेक्स्ट रि–राईटिङ फिचरमा काम गरिरहेको छ । जुन एआईमा आधारित हुनेछ । यो फिचरको बारेमा एन्ड्रोइड एप्लिकेशन प्याकेज अर्थात ‘एपीके’बाट जानकारी प्राप्त गर्न सकिनेछ । यो फिचरलाई एन्ड्रोइड भर्जन २.२५.८.५ मा स्पट गरिएको छ ।  

तथापी यो फिचर अहिले भिजिबल भने छैन । जसका कारण यसलाई अहिले नै बसैले पनि प्रयोग गर्न भने गर्न सक्दैनन् ।

एआई रि–राइट फिचर एउटा फ्लोटिङ एक्सन बटनको रुपमा उपलब्ध हुनेछ । यो बटन पेन्सिल आईकनको रुपमा हुनेछ । जुन सेन्ड बटनको माथि देखिनेछ । यो बटन प्रयोगकर्ताले केही टाइप गरेभने मात्रै देखिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

केही शब्द टाइप गरेपछि प्रयोगकर्ताले यो पेन्सिल आईकनमा ट्याप गर्नुपर्ने हुन्छ । यहाँ ट्याप गर्यो भने प्रयोगकर्तालाई टेक्स्ड एडिटरको एक्सेस प्राप्त हुनेछ । यसको सहायताले प्रयोगकर्ताले टेक्स्ड रि–राईटिङ अप्शनको फिचर प्राप्त गर्नेछन् । यसको सहायताले प्रयोगकर्ताले आफ्नो म्यासेजलाई फनी, रिफ्रेज,सापेर्टी र अन्य तरिकाबाट परिवर्तन गर्न सक्छन् ।  

तथापी ह्वाट्सएपको यो फिचर कहिलेसम्म लञ्च हुन्छ भन्नेबारे केही पनि उल्लेख छैन । अहिलेलाई भने यो प्लेटफर्ममा प्रयोगकर्ताले मेटा एआई फिचर प्रयोग गर्न सक्छन् ।  

 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.