सोमबार, श्रावण १८,२०८३ 10:18:10
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:18:10
Bizshala
Global IME Bank Limited

सिन्धु विकास बैंकको सेयरमा ‘हेड एण्ड सोल्डर प्याटर्न’, टार्गेट कति ?

सिन्धु विकास बैंकको सेयरमा ‘हेड एण्ड सोल्डर प्याटर्न’, टार्गेट कति ?
New Office

काठमाण्डौ । सिन्धु विकास बैंक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत विकास बैंक हो । यो बैंक २०६७ सालमा सिन्धुपालचोक जिल्लामा स्थिापित भएको थियो । यस बैंकका हाल २६ वटा शाखा रहेका छन् । बैंकले कर्जा परिचाल तथा निक्षेप संकल , रेमिट्यान्स र आश्वा सेवा दिँदै आएको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटन्डन अर्निङ ३१ करोड ८९ लाख नकारात्मक रहेको छ । यस्तै कम्पनीको कुल पूँजी ४१ करोड ३ लाख रुपैयाँ मात्रै रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको खुद मुनाफा ४ करोड ८७ लाख रुपैयाँ मात्रै रहेको छ भने वितरणयोग्य मुनाफा ३१ करोड ८९ लाख रुपैयाँ नकारात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७.४७ रुपैयाँ , बुक भ्यालु ७३.६२ र रिर्टन अन इक्विटी २३.७४ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा २०४ प्रतिशतले बढी हो ।  

प्राविधिक पक्षः  

हेड एण्ड सोल्डर प्याटर्न  

सेयर बजारले बनाएको रेखालाई मानविय आकृतिसँग दाँजेर हेर्न पनि सकिन्छ । कुनै पनि कम्पनीको सेयरको मूल्य तथा सूचकलाई ट्रेन्डलाईनमा प्रस्तुत गर्दा बनेको आकृतिलाई मानिसको २ वटा काँध तथा टाउको जस्तो अर्थात पासपोर्ट फोटो जस्तो आकृति देखिएमा त्यसलाई ‘हेड एण्ड सोल्डर’ प्याटर्न भनिन्छ ।  

यो कम्पनीको पछिल्लो मूल्यलाई नियाल्दा यस्तो प्याटर्न बनेको देखिन्छ । यसले अल्पकालमा सेयरको मूल्यमा बढोत्तरी आएतापनि दीर्घकालमा सेयरको भाउमा गिरावट आउन सक्ने बुझिन्छ ।  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल बियरिस सेन्टिमेन्टमा चलेको छ । यदि २० देखि ४० सम्म बियरिस,४० देखि ६० सम्म न्यूट्रल सेन्टिमेन्ट , ६० देखि ८० सम्म बुलिस सेन्टिमेन्टमा चलेको बुझिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य १३७० रुपैयाँ र न्यून मूल्य ३४१ रुपैयाँ रहेको छ ।  

बोलिङ्गर ब्याण्ड ,म्याक्डि र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डबाट मध्य ब्याण्डतर्फ आकर्षित देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम पनि नकारात्मक बनेका छन् । आरएसआई ओभर बट जोनबाट खसेर हाल ५९ को तहमा चलको देखिन्छ । कम्पनीको सेयरमा बिस्तारै बिक्री दबाब आएको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १७१२

प्रतिरोध २ – १५३१

प्रतिरोध १–  १३४३

पिभट् प्वइन्टः ११३९

घटेमा सपोर्ट  

सपोर्ट १– ९७३

सपोर्ट २– ७९१

सपोर्ट  ३ –६०३

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीको वित्तीय अवस्था कमजोर देखिन्छ । कम्पनीको बुक भ्यालु ७३.६२ रुपैयाँ मात्रै रहेको छ । यसैगरि वितरणयोग्य मुनाफा र रिटेन्ड अर्निङ ऋणात्मक रहेको छ । यद्यपी कम्पनीको प्रतिसेयर आम्दानी १७.१७ रुपैयाँ रहेको छ भने रिर्टन अन इक्विटीमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार आएको देखिन्छ । कम्पनील विगत ५ वर्षदेखि कुनैपनि लाभांश बाढ्न सकेको छैन । प्राविधिक रुपमा यो कम्पनीको सेयरमा केही समय यता हेड एण्ड सोल्डर प्याटर्न बनेको छ । यसले अल्पकालमा कम्पनीको सेयरको मूल्य बढेता पनि दीर्घकालमा करेक्सन हुनसक्ने बुझिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.