काठमाण्डौ । केही दिनदेखि घटेको बजारमा आज दोहोरो अंकको सुधार आएको छ । बजार बढेता पनि कारोबारमा भने खासै सुधार आउन सकेको देखिदैन ।
यद्यपी आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ । आज तल्लो ब्याण्डबाट फर्केको बजारले अब कम्तिमा पनि मध्य ब्याण्डम्मको यात्रा तय गर्नसक्छ ।
म्याक्डीमा यसअघि बनेको बियरिस क्रस ओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का हुँदै गएका छ । आरएसआईबाट नियाल्दा आज ओभर सोल्ड जोनबाट फर्कने प्रयास गरेको देखिन्छ । आज २५०० विन्दुको लाइन छोएर फर्केको बजारले माथिकै यात्रा तय गर्न भने अझै एक कारोबारमा भोल्युमसहित बढोत्तरी भएर २६६५ विन्दुमाथि बन्द हुनु पर्नेछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।