बुधबार, असार ३२,२०८२ 12:54:22
  • बुधबार, असार ३२,२०८२ 12:54:22
Global IME Bank Limited

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाण्डौ रेजर्सद्वारा एनएसएलको ट्रफी टुर, स्कूटर र्याली र जर्सी अनावरण

Hyundai Nepal
यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाण्डौ रेजर्सद्वारा एनएसएलको ट्रफी टुर, स्कूटर र्याली र जर्सी अनावरण
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाण्डौ रेजर्सलेले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्यालीको साथमा ‘एनएसएल सिजन ३’ को उत्साहजनक सुरुवात गरेका छन्। कार्यक्रमले काठमाण्डौ रेजर्सको सिजन १ च्याम्पियनशिप जितलाई पनि सम्मान गरेको छ ।  जसले फ्यानहरूलाई उनीहरूको मनपर्ने टोली र खेलको नजिक ल्याएको कम्पनीको भनाई छ ।  

नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट सुरु भएको र्याली बसन्तपुर र काठमाण्डौका प्रमुख स्थान हुँदै यामाहा ब्लू स्क्वायरमै आएर समापन भएको थियो। उत्साही राइडर, फ्यान र टिमका समर्थकहरू सामेल भएको भव्य र्यालीमा फुटबलको स्पिरिट र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धता स्पष्ट तरिकाले प्रदर्शन भएको थियो।

Muktinath Bikas Bank Limited

र्यालीपश्चात् यामाहा ब्लू स्क्वायरमै यामाहाले एनएसएल सिजन ३ मा काठमाण्डौ रेजर्सको एनएसएल सिजन ३ को यात्राको सुरुवात गर्दै टिमको आधिकारिक जर्सी अनावरण गरेको थियो। अभिनेत्री प्रियङ्का कार्की, यामाहा रेजेडआर १२५ एफआईका ग्राहक र मिडियाको उपस्थितिमा गरिएको अनावरण कार्यक्रमले युवा संलग्नता, खेलकुद विकास र नवीनतालाई समर्थन गर्ने यामाहाको प्रतिबद्धतालाई अझ बलियो बनाएको जनाइएको छ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ केएमपीएल (एआरएआई(प्रमाणित) माइलेज र एड्भान्स हाइब्रिड प्रविधिको साथ नेपालमै उच्चतम माइलेज प्रदान गर्दछ। यसमा रियल–टाइम डायग्नोस्टिक्सको लागि ओबीडी–आईआईपनि छ । जसले प्रत्येक राइड कुशल, भरपर्दो र पर्फर्मेन्स ड्रिभन भएको सुनिश्चित गर्दछ। 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.