काठमाण्डौ । म्यान्मारमा आएको भुकम्पका कारण थाईल्याण्ड स्टक एक्सचेञ्जको कारोबार स्थगित गरिएको छ । छिमेकी मुलुक म्यान्मारमा शुक्रबार आएको शक्तिशाली भुकम्पका कारण दिउँसोको कारोबार सत्र बन्द गरिएको हो ।
भुकम्प आएसँगै आजको कारोबारका सम्पूर्ण गतिविधिहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको थाईल्याण्ड स्टक एक्सचेञ्जको वेबसाइटमा उल्लेख गरिएको छ ।
यो निर्णयका कारण मार्केट अल्टरनेटिभ इन्भेष्टमेन्ट र थाईल्याण्ड फ्युचर एक्सचेञ्जका सम्पूर्ण कारोबारहरु बन्द भएको छ । कारोबार बन्द हुनुअघि आज थाईल्याण्ड बेच्नमार्क इन्डेक्स १.०५ प्रतिशतले घटेको छ ।