शुक्रबार, असार १३,२०८२ 02:34:55
  • शुक्रबार, असार १३,२०८२ 02:34:55
Global IME Bank Limited

एलन मस्कको एक्स प्लेटफममा ठूलो अपडेट,अब निःशुल्क गर्न सकिन्छ अडियो र भिडियो कल

Hyundai Nepal
एलन मस्कको एक्स प्लेटफममा ठूलो अपडेट,अब निःशुल्क गर्न सकिन्छ अडियो र भिडियो कल
Nabil Bank Limited

काठमाण्डौ । एलन मस्को एक्स प्लेटफर्म(साविकको ट्विटर)मा ठूलो अपडेट गरिएको छ । एक्समा सबै प्रयोगकर्तालाई निःशुल्क अडियो तथा भिडियो कल फिचर्सको प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ ।  

यसअघि यो फिचर्स ब्लु टिक भएका प्रयोगकर्ताहरुका लागि मात्रै उपलब्ध थियो । यसअघि भिडियो तथा अडियोका लागि ब्लू सब्सक्रिप्सन लिनु पर्ने व्यवस्था थियो । जसका लागि मासिक रुपमा पैसा तिर्नु पर्थो ।  

CG Motors
Muktinath Bikas Bank Limited

तर अब भने एक्सका प्रयोगकर्ताले निःशुल्क रुपमै यो सुविधा पाउने भएका छन् । यसको जानकारी एक्स प्लेटफर्मका इन्जीनियर इन्रिक बारागानले दिएका हुन् । यो फिचर्सपश्चात प्रयोगकर्ताले एक्स एप्सबाट कल इत्यादि गर्न सक्नेछन् ।  

एक्स प्लेटफर्ममा गत वर्षदेखि अडियो तथा भिडियो कलिङ फिचर्सको सुरुवात भएको थियो । यो सुविधा पहिलो चरण अन्तर्गत आईओएस प्रयोगकर्ताका लागि सुरु गरिएको थियो । सुरुवातमा यो फिचर्सलाई प्रिमियम सब्सक्राइबरका लागि सीमित गरिएको थियो । यसपश्चात यसलाई यस वर्षको सुरुवातमा एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध गराइएको थियो । तर अहिलेसम्म यो प्रिमियम सब्सक्राइबरसम्म मात्रै सीमित थियो ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.