काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रो कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सूचीकृत भएको हो ।
ङादी ग्रुप पावरको शतप्रतिशत दरको कुल १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको सूचीकृत सेयर संख्या ३ करोड ७० लाख २५ हजार ५८४ पुगेको छ ।
त्यस्तै, बलेफी हाइड्रोपावर कम्पनीको पनि शतप्रतिशत दरकै कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीको सूचीकृत सेयर संख्या ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता पुगेको छ ।