सोमबार, श्रावण १८,२०८३ 07:02:20
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:02:20
Bizshala
Global IME Bank Limited

ट्रम्पको ट्यारिफका कारण विश्व सेयर बजारमा उच्च गिरावट

ट्रम्पको ट्यारिफका कारण विश्व सेयर बजारमा उच्च गिरावट
New Office

काठमाण्डौ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १ सय देशमाथि ट्यारिफको सूची सार्वजनिक गरेसँगै विश्व सेयर बजारमा उच्च गिरावट आएको छ । ट्यारिफका कारण विश्व व्यापार युद्ध निम्तिने सम्भावनाले विश्वभरका लगानीकर्तामा भयको वातावरण सिर्जना भएको छ ।  

अमेरिकी सेयर बजारमा मापक इनडेक्स डाउ जोन्स २.५६ प्रतिशत अर्थात १०६९ अंकले घटेको छ । यस्तै एस एण्ड पी ५०० फ्युचर्स ३.६ प्रतिशत र नास्डक–१०० फ्युचर्स पनि ४.५ प्रतिशतले घटेको छ ।  

बहुराष्ट्रिय कम्पनीहरुको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । नाइकी र एप्पलको सेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । आयातिति वस्तुहरु बिक्री गर्ने ठूला बिक्रीकर्ता कम्पनीहरु जस्तै फाइभ बिलोको सेयरमूल्य १४ प्रतिशत, डलर ट्रिको ११ प्रतिशत र ग्यापको ८.५ प्रतिशतले घटेको छ ।  

यसैगरी टेक कम्पनीको सेयरमूल्य पनि घटेको छ । एनभिडियाको सेयरमूल्य ५ प्रतिशत र टेस्लाको ७ प्रतिशतले ओरालो लागेको छ ।  

एशियाली सेयर बजारमा समेत ट्रम्पको ट्यारिफको प्रभाव परेको छ । आज अधिकांश एशियाली सेयर बजारले गिरावटका साथ कारोबारको सुरुवात गरेका छन् । जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ आज ३.५३ प्रतिशत अर्थात १ हजार २६० अंकले खस्किएको छ । यो गिरावटसँगै निक्की२२५ इन्डेक्स ३४ हजार ५०१ विन्दुमा कारोबार भईरहेको छ ।  

हङकङको हाङसेङ इन्डेक्स पनि १.५८ प्रतिशत, चीनको सीएसआई३०० इन्डेक्स ०.७१ प्रतिशत, दक्षिण कोरियाको कोस्पी १.०७ प्रतिशत,कोस्डाक ०.२१ र अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० इन्डेक्स १.०७ प्रतिशतले घटेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.