शनिबार, चैत्र ३०,२०८१ 11:35:31
IME remit
  • शनिबार, चैत्र ३०,२०८१ 11:35:31
IME remit
Global IME Bank Limited

'लो क्याप' र 'अल्ट्रा लो क्याप'को नाममा सोझा लूट्ने खेल बढेको बढ्यै, जो कमजोर उसकै भाउ अचाक्ली !

Hyundai Nepal
'लो क्याप' र 'अल्ट्रा लो क्याप'को नाममा सोझा लूट्ने खेल बढेको बढ्यै, जो कमजोर उसकै भाउ अचाक्ली !
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा बित्तीय रुपमा कमजोर कम्पनीहरु नै बढी चल्न थालेका छन् । जुन आधारभूत पक्षमा कमजोर त्यहि कम्पनी चम्किने र जुन बलियो अर्थात् सबल त्यो छायाँमा पर्ने अवस्था देखिएको छ ।  

नेप्सेमा जुनसुकै सेक्टरको कम्पनीमा पनि यो खालको ट्रेन्डले सिँगो पूँजीबजारको स्वास्थ्य बिग्रिएको छ । विशेषगरी केही व्यापारीहरुले नेपालको सिँगो पूँजीबजारमा यस्ता हर्कतहरु गर्दै आएका छन् । ती व्यापारीहरुले थोरै पूँजी भएका कम्पनी वा लो क्यापलाई ‘पम्प एण्ड डम्प’ गर्ने गरी सेयरमूल्यमा चलखेल गर्दै आइरहेको आरोप समेत लाग्ने गरेको छ ।  

अहिले बजारमा विशेषगरी विकास बैंक समूहका केही बैंकहरुको सेयरभाउ अप्रत्याशित रुपमा माथि छ, जो वित्तीय रुपमा निकै कमजोर छन् । त्यस्ता कम्पनीको सेयरभाउ उचालेर मूल्यमा चलखेल गर्ने गरी केही समूह लागिपरेको देखिन्छ । यस्तो प्रवृति अन्य समूहका लो क्याप वा अल्टा लो क्याप कम्पनीमा समेत मौलाउन थालेको छ । 

Shivam Cement
Bizshala
CG Motors

विकास बैंकहरुमा क्षेत्रीय स्तरका बैंकहरुको सेयरभाउ अहिले हजार रुपैयाँमाथि र राष्ट्रियस्तरका बैंकहरुको सेयरभाउ भने निकै सस्तो देख्न सकिन्छ । वित्तीय रुपमा केलाउने हो भने राष्ट्रिय स्तरका बैंकहरु राम्रा देखिन्छन् भने क्षेत्रीय स्तरका बैंकहरुको अवस्था दयनीय छ । तर सेयर खेलाडीहरु तिनै कमजोर कम्पनीलाई कर्नरिङ गर्न सहज हुने हिसाबले सेयर उचाल्ने र सोझा लगानीकर्तालाई भिडाएर आफू उम्किने प्रवृत्तिले नयाँ तथा पुराना लगानीकर्ताहरु सेयरबजारबाट बाहिरिने जोखिम बढ्न थालेको छ ।  

क्षेत्रीय स्तरका विकास बैंकहरुको पूँजी कम हुने हुँदा केही समूहहरु त्यस्ता कम्पनीलाई नै कर्नरिङ गरी मूल्य अत्यधिक बढाइरहेका छन्, जुन यो बजारको स्वास्थ्यमाथि गरिएको खेलवाड हो ।  

आधारभूत पक्षबाट हेर्दा समेत कमजोर देखिएका विकास बैंकको सेयरभाउ उचालेर सोझा लगानीकर्तालाई भिडाउने प्रवृत्तिले गर्दा नयाँ लगानीकर्ताहरु सेयर बजारबाट सदाका लागि पलायन हुनसक्ने लगानीकर्ताहरु बताउँछन् ।  

सेयर बजारमा गरिएको लगानी आम्दानीभन्दा जोखिम बढी हुने भन्ने अन्तर्राष्ट्रिय मान्यता भइकन पनि पछिल्लो समय सेयरबजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताहरु थपिने क्रम छ । तर केही समूहहरु यसरी कम पूँजी र वित्तीय रुपमा कमजोर कम्पनीको सेयरमा चलखेल गरी सेयर भिडाउने खेलमा लाग्दा ती लगानीकर्ताहरु सुरुवातमै डूब्ने र बजारबाट पलायन हुने अवस्था आउनसक्छ ।  

बजार जानकार दामोदर गजुरेलले क्षेत्रीय स्तरका विकास बैंकहरुको पूँजी थोरै हुने भएकाले केही सेयर खेलाडीहरुलाई सेयर कर्नरिङ गर्न सहज भएको बताए । ‘कम पूँजी भएकै कारण आधारभूत पक्षबाट कमजोर भए पनि क्षेत्रीय स्तरका विकास बैंकको सेयरभाउ खेलाडीहरुलाई कर्नरिङ गर्न सजिलो भएको छ’ उनले भने, ‘बजारमा केही ठूला व्यापारीहरु सक्रिय छन्, उनीहरुले कम्पनीको वित्तीय अवस्था भन्दा पनि सूचीकृत सेयर संख्याको अवस्था हेरेर मूल्य उचाल्ने गर्दछन्, जसबाट सोझा लगानीकर्ताहरु फस्दै आएका छन् ।’

प्रमुख वित्तीय सूचक एकातिर, सेयरभाउ चाहिँ उल्टो गतितर्फ । विकास बैंकहरुको प्रमुख सूचकको तुलनात्मक विश्लेषण । 

बजारमा यतिबेला नारायणी, कर्पोरेट, ग्रीन, सिन्धु र सप्तकोशी डेभलपमेन्ट बैंक निकै चर्चामा छन् । यी पाँच बैंकको सेयरभाउ हजार रुपैयाँ माथि पुगेर घुमिरहेको छ । तर वित्तीय रुपमा भने सबैभन्दा कमजोर यिनै बैंक देखिन्छन् ।  

‘थोरै पूँजी भएका कम्पनीको सेयरमूल्यमा चलखेल गर्न अहिले निकै सहज छ, त्यस्ता कम्पनीको हकप्रद आउने वा उच्च बोनस सेयर दिने जस्ता फण्डा ल्याएर मूल्य उचाल्ने गरेका छन्’ उनले भने, ‘फलानो कम्पनीको यतिउति हकप्रद आउँदैछ भनेर हल्ला चलाउने अन्तिममा नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएन भनी आफूसँग भएको सेयर सोझालाई भिडाएर उम्किने प्रवृति छ ।’

यस्तै खेलको पछि लाग्न नहुने भन्दै लगानीकर्ताहरुले विरोध गर्दा सिन्धु विकास बैंकको केही साताअघि काभ्रेमा भएको साधारणसभामा हात हालाहालकै अवस्था बनेको थियो । सामान्य लगानीकर्ताको चर्को विरोधका बाबजुद सेयरमूल्यमा खेलफड्को गर्नैका लागि जबरजस्ती ११६ प्रतिशत हकप्रदको प्रस्ताव पारित गरिएको थियो । सिन्धुको एजीएमबाट पारित भएको हकप्रद केन्द्रीय बैंकबाट स्वीकृत हुने सम्भावना भने निकै न्यून छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गजुरेलका अनुसार, ‘नयाँ तथा केही लगानीकर्ताहरुमा सेयर सम्बन्धी ज्ञानको कमी भएका कारण नै खेलाडीहरुलाई सेयर कर्नरिङ गर्न र मूल्यमा चलखेल गर्न सहज भएको छ । लगानीकर्ताहरुमा अझै पनि उक्साहटमा सेयर किन्ने बानी छ, यस्तो अवस्थाले आफ्नो लगानी डुब्नुका साथै सिंगो पूँजीबजारमा नै नकारात्मक इम्प्याक्ट पार्दछ ।’

लगानीकर्ताहरुले सामान्यतया कम्पनीको चुक्तापूँजी, रिजर्भ, विजनेश ग्रोथ, नाफा जस्ता सूचकलाई भए पनि हेर्नुपर्ने उनको सुझाव छ । ‘हल्लाकै भरमा सेयर किन्ने अवस्था मौलाउँदै गएको छ, फलानो कम्पनीको सेयरभाउ यतिउति पुग्ने रे भन्दै केही नसोची लगानी गरिहाल्ने बानी लगानीकर्ताहरुमा बढ्दो छ’ उनले भने, ‘प्राविधिक रुपमै पनि कुन–कुन कम्पनीको सेयर कर्नरिङ भइरहेको छ, अहिले विभिन्न माध्यमबाट हेर्न सकिन्छ, त्यस्ता कम्पनीको सेयर सोचविचार गरेर मात्रै किन्नु पर्दछ ।’

बजारमा देखिएको यस्तो चलखेल, कर्नरिङ र पम्प एण्ड डम्पको खेलले पूँजीबजारमाथिको विश्वास गुम्दै जाने उनको भनाई छ । ‘बजारमा देखिएका यस्ता कुट्रेन्डले पूँजीबजारमाथिको विश्वास गुम्दै जाने देखिन्छ, साथै नयाँ तथा पुरानै लगानीकर्ताहरु पनि बजारबाट पलायन हुने सम्भावना रहन्छ’ उनले भने, ‘यस्तो अवस्थाले पोजिटिभ मास सेन्टिमेन्ट बनाउँन दिदैंन, बरु नियामकप्रति पनि लगानीकर्ताहरुको विश्वास घट्दै जानेछ ।’

त्यस्तै अर्का बजार जानकार महेश रिजालले पनि क्षेत्रीय स्तरका विकास बैंकहरुको पूँजी थोरै हुने भएकै कारण सेयरमूल्यमा चलखेल भएको बताए ।  

‘क्षेत्रीयस्तरका विकास बैंकहरुको पूँजी अन्य बैंकको तुलनामा निकै कम छ, जसका कारण पनि खेलाडीहरुलाई त्यस्ता बैंकको सेयरमूल्यमा चलखेल गर्न सजिलो छ’ उनले भने, ‘कम पूँजी भएको हुँदा डिमाण्ड बढाउने मूल्य उचालेर सोझालाई भिडाउने खालको कर्नरिङ गर्न सहज हुने भएकाले अहिले क्षेत्रीय स्तरका विकास बैंकहरुको सेयरभाउ निकै महँगो छ ।’

बजारमा चर्चाकै आधारमा त्यस्ता कम्पनीको सेयर किन्दा जोखिम बढी हुने समेत उनले बताए । ‘वित्तीय अवस्था नै नहेरी लो क्याप वा अल्ट्रा लो क्याप कम्पनीको पछि लाग्दा वा हल्लाकै भरमा त्यस्ता कम्पनीको सेयरमा लगानी गर्दा डुब्ने प्रचुर सम्भावना हुन्छ’ उनले भने, ‘खेलाडीहरुले जसरी कमजोर वित्तीय अवस्था भएका बैंकलाई उचालिरहेका छन्, यो अवस्थाले लगानीकर्ताहरु स्वतः बजारबाट बाहिरिने निश्चित छ र यसले बजारको स्वास्थ्य नै बिगार्दछ ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.