काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आगामी वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको ७ वर्षे अवधिको ‘‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।
७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ । ।
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख १० गते र ढिलोमा वैशाख २१ गते बैंकिङ समयपछि हुनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।