शुक्रबार, असार १३,२०८२ 06:50:52
  • शुक्रबार, असार १३,२०८२ 06:50:52
Global IME Bank Limited

केएफसीको टर्की अपरेटर टाट पल्टियो, ५३७ आउटलेट बन्द हुनुका साथै ७ हजारले जागिर गुमाउने

Hyundai Nepal
केएफसीको टर्की अपरेटर टाट पल्टियो, ५३७ आउटलेट बन्द हुनुका साथै ७ हजारले जागिर गुमाउने
Nabil Bank Limited

काठमाण्डौ । टर्कीको केएफसी अपरेटर‘आईएस गिडा’टाट पल्टिएको छ । टर्कीका लागि केएफसीको फ्रेन्चाईजी अपरेटर आईएस गिडाले यसका लागि गत साता आवेदन दिएको हो ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) इलकेम सहिनले कम्पनीको तिर्न बाँकी ऋण २१४ मिलियन डलर(७.७ अर्ब टर्किस लिरा) पुगेको बताएका छन् ।  

यससँगै अब टर्कीमा कम्पनीका ५३७ वटा रेष्टुरेन्ट बन्द हुने भएका छन्  भने करिब ७ हजारले रोजगारी गुमाउने छन् । कम्पनी टाट पल्टिएसँगै राजधानी इस्तानबुल लगायतका शहरहरुमा प्रदर्शन भएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

केएफसीको माउ कम्पनी ‘एम!’ ले चार साताअघि कम्पनीको मापदण्ड पुरा गर्न असमर्थ भएका कारण गिडासँगको सम्झौता अन्त्य गर्ने बताएसँगै गिडाले टाट पल्टिएको आवेदन दिएको हो ।  

आईस गिडाले कर्मचारीहरुलाई गत वर्षको अन्त्यसम्मको तलब दिईसकेको र जनवरी महिनाको मात्रै बाँकी रहेको जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.