IME remit
  • आईतवार, कार्तिक २,२०८२ 10:46:01
IME remit
Global IME Bank Limited

सेयर धितो राखेर ऋण लिने बढे, बैंक/वित्तीय संस्थाबाट ८ महिनामै रु. १.१८ खर्ब प्रवाह

Hyundai Nepal
सेयर धितो राखेर ऋण लिने बढे,  बैंक/वित्तीय संस्थाबाट ८ महिनामै रु. १.१८ खर्ब प्रवाह
Shivam Cement

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताहरुले आफ्नो स्वामित्वमा भएको सेयरधितो राखेर सवा एक खर्ब कर्जा लिएका छन् ।

नेपाल राष्ट्रबैंककाअनुसार चालु आवको आठ महिनासम्ममा सेयर लगानीकर्ताहरुले क, ख र ग वर्गका बैंक वित्तीय संस्थाबाट सेयरधितो राखेर एक खर्ब १८ अर्ब ५० करोड रुपैयाँ लोन लिएका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यो कर्जा रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३८.३३ प्रतिशत बढी हो । गत आवको आठ महिनासम्ममा लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाबाट सेयर धितो राखेर जम्मा ८५ अर्ब ६६ करोड रुपैयाँ कर्जा लिएका थिए ।  

बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ ।  

लगानीकर्ताहरुले पनि आफ्नो नाममा भएको सेयर बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ । तर सेयर धितो राखेर लिएको कर्जा भने लगानीकर्ताहरुले जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न पाउने व्यवस्था छ ।

Date Source : NRB

धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या थपिँदै गएसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो राखेर कर्जा लिनेको संख्या पनि बृद्धि भएको छ ।  

सो अवधिसम्म वाणिज्य बैंकहरुमा एनआइसी एशिया, हिमालयन बैंक, विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक, सिन्धु विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र फाइनान्स कम्पनीहरुः आइसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, गुडविल फाइनान्स, प्रोगेसिभ फाइनान्स र पोखरा फाइनान्सको यस्तो कर्जा प्रवाह घटेको छ भने बाँकी सबै बैंक वित्तीय संस्थाको बढेको छ ।  

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुबाट मात्रै सो अवधिसम्म ९६ अर्ब ३९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४३.६७ प्रतिशत बढी हो । गत आवको आठ महिनासम्ममा भने बैंकहरुबाट ६७ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

सबैभन्दा बढी नबिल बैंकबाट मात्रै १३ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । त्यस्तै, सबैभन्दा कम नेपाल एसबिआआई बैंकबाट जम्मा ४७ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ ।  

त्यस्तै, विकास बैंकहरुबाट प्रवाह भएको यस्तो कर्जा पनि गत आवको तुलनामा १९.७९ प्रतिशत बढेको छ । चालु आवको फागुन महिनासम्ममा विकास बैंकहरुबाट लगानीकर्ताहरुले सेयर धितो राखेर १७ अर्ब ८७ करोड १५ लाख रुपैयाँ कर्जा लिएका छन् । गत आवको सोही अवधिसम्म भने लगानीकर्ताहरुले १४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ कर्जा लिएका थिए ।  

सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकबाट लगानीकर्ताहरुले कर्जा लिएका छन् । बैंकबाट फागुन महिनासम्ममा ३ अर्ब ६० करोड रुपैयाँ कर्जा लिएका छन् । त्यस्तै, सबैभन्दा कम मितेरी डेभलपमेन्ट बैंकबाट जम्मा ३ करोड २८ लाख रुपैयाँ मात्रै कर्जा लिएका छन् ।  

यता ग वर्गको वित्तीय संस्थाहरुबाट भने सो अवधिसम्म लगानीकर्ताहरुले ४ अर्ब २३ करोड रुपैयाँ सेयर धितो राखेर कर्जा लिएका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १५.९० प्रतिशत बढी हो । गत आवको आठ महिनासम्ममा वित्त कम्पनीहरुबाट लगानीकर्ताहरुले ३ अर्ब ६५ करोड रुपैयाँ यस्तो कर्जा लिएका थिए ।  

सबैभन्दा बढी मन्जुश्री फाइनान्सबाट ७६ करोड ७९ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह भएको छ । त्यस्तै, सबैभन्दा कम भने नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सबाट जम्मा २ करोड ६१ लाख रुपैयाँ मात्रै यस्तो कर्जा प्रवाह भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.