काठमाण्डौ । यो साता चार कारोबार दिनमा तीन दिन सेयरबजार बढ्यो भने एक दिन घट्यो । नेप्से परिसूचक यो साता ९६.५३ अंक वा ३.८६ प्रतिशतले बढेर २६००.३८ विन्दुमा पुगेर बन्द भयो ।
यो साता सबैभन्दा बढी मंगलबार ६२.३० अंकको वृद्धि भएको थियो । जुन दिन ४ अर्ब ५७ करोड रुपैयाामाथिको सेयर कारोबार भएको थियो । यो हप्ताभरि कुल कारोबार रकम २० अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
यो साता सर्वाधिक सेयरभाउ बढ्ने अर्थात् कमाउनेमा हाइड्रो समूहका कम्पनीहरु रहेका छन् भने गुमाउनेमा डिबेञ्चर तथा म्युचुअल फण्डहरु रहेका छन् ।
सर्वाधिक कमाउनेमा राधी विद्युत कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ २०.०३ प्रतिशतले बढेर ७६७ रुपैयाँ पुगेको छ । यो साता मात्रै यो कम्पनीको सेयरभाउ १२८ रुपैयाँले बढ्न पुग्यो ।
त्यस्तै, सर्वाधिक गुमाउनेमा भने तारागाउँ रिजेन्सी होटल रहेको छ । यो कम्पनीको सेयरभाउ यो साता ९.५५ प्रतिशतले घटेर ७२० रुपैयाँ कायम हुन पुगेको छ ।



.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                