काठमाण्डौ । नेपाल पे क्यूआर स्क्यान गरी बिग मार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटरको व्यवस्था गरिएको छ ।
उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ स्टोरहरुमा फागुन १९ गतेबाट चैत्र १७ गतेसम्म उपलब्ध रहने कम्पनीले जनाएको छ ।
पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा रु ७५० भन्दामाथिको सामान खरिद गर्दा स्टोरमा रहेको डाईनामिक क्यूआर स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ उठाउन सकिने कम्पनीले उल्लेख गरेको छ ।
ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्रायजसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग,वालेटहरु वाकनेक्ट आईपीएस प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।