शनिबार, फाल्गुन १०,२०८१ 09:32:53
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:32:53
IME remit
Global IME Bank Limited

विष्णु बस्याल भन्छन्–‘बजारमा चमक हरायो, अबको बलियो सपोर्ट १९५० देखि १९३० सम्म’

Hyundai Nepal
विष्णु बस्याल भन्छन्–‘बजारमा चमक हरायो, अबको बलियो सपोर्ट १९५० देखि १९३० सम्म’
Nabil Bank Limited

काठमाण्डौं । गत माघ ३ गते करिब १० अर्ब कारोबार भएपछि घट्न थालेको सेयर बजार हालसम्म करिब २४० अंक खसिसकेको छ । यो बीचमा बजारमा धेरैपटक उतारचढाव आएको छ ।  

केही समयदेखि त कारोबार पनि २ अर्ब आसपासमै सीमित बन्न थालेको छ । यसरी दैनिक रुपमा बजार घट्दा लगानीकर्तामा अन्यौल बढ्दो छ । आखिर लगानीकर्ताहरुको मनोबल किन माथि उठ्न नसकेको हो ? उनीहरुले के पर्खिरहेका हुन् ? प्राविधिक विश्लेषक विष्णुप्रसाद बास्यालले यो विषयमा आफ्नो धारणा राखेका छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

बिजशालासँग कुरा गर्दै बस्याल भन्छन्, ‘प्राविधिक रुपमा अहिले बजार कमजोर अबस्थामा रहेको छ । यस्तो अवस्था बजार २०२० भन्दा माथि बन्द नभएसम्म यस्तै नै रहन्छ । यद्यपि बजारलाई  इण्डिकेटरबाट हेर्दा भने हाल ओभरसोल्ड जोनमा चलेको छ । त्यो हुँदा कुनै पनि बेला २ हजारसम्मका लागि ‘रिलिफ र्याली’ आउनसक्छ ।’

बस्यालको विश्लेषणमा अबको बजारको बलियो सपोर्ट भनेको १९५० देखि १९३० सम्म हो । यदि बजार त्यहाँबाट पनि तल खस्छ भने बजारले पुरानो बियरिस साइकलजस्तै ४० महिनाको बियरिस यात्रा पनि समात्नसक्ने उनको अनुमान छ ।  

प्राविधिक पक्षबाहेक आधारभूत रुपमा हेर्ने हो भने बजार बढ्नलाई  ‘अर्निङ ग्रोथ’ नै आबश्यक रहने उनी बताउँछन् ।  

यदि कुनै कम्पनीको ग्रोथ आज १० प्रतिशत रहेको छ भने आगामी दिनमा कति हुने भन्ने अहिले नेपालका कम्पनीहरुमा प्रष्ट देखिन्न ।  

उनको विचारमा अहिले मुख्य रुपमा २ वटा कारणले नपालको अर्थतन्त्र सुस्ताएको हो । पहिलो बजारमा माग कमजोर छ । हाल उपभोग गर्ने युवाको जनसंख्या पलायन हुँदा यस्तो भएको छ । यस्तो जनसंख्या गएको २ बर्षदेखि दैनिक घटेको छ ।  

दोस्रो कारण भनेको लगानीको वातावरण छैन । लगानी नभएपछि रोजगारी सिर्जना हुने कुरै भएन । यसले पनि उपभोग गर्ने र खर्च गर्ने क्षमतामा ह्रास आउँछ । यसको साथै नेपालमा नीतिगत अस्थिरता पनि लगानीकर्ताको मनोबल घटाउने मुख्य कारण रहेको उनको भनाई छ ।  

बस्यालको विश्लेषणमा आयातमा प्रतिबन्ध लगाउने नीतिले डलर सञ्चिती त बढ्यो, तर आन्तरिक व्यापार भने चौपट भयो । भूतप्रभावी कर असूलेर सरकारले केही राजश्व बढाए पनि खर्च गर्ने क्षमता समेत खासै देखिएन ।  

नेपालको जीडीपीमा  कृषि क्षेत्रको योगदानबाहेक अन्यलाई मात्रै हेर्ने हो भने देश प्रष्ट रुपमा मन्दीमा गइसकेको उनी ठान्छन् । ‘यही बेला सरकारले  पूँजीगत खर्च घटाएर उल्टो काम गरेको छ । पुँजीबजार र अर्थतन्त्र चलयमान बनाउने हो भने बजारमा पैसा पठाएर माग सिर्जना हुने काम गर्नुपर्छ ।’, उनी थप्छन् ।  

पुँजीबजारमा नियामकले पनि प्रभावकारी कदमहरु चाल्न नसकेको उनको ठम्याईं छ ।  

खातामा सेयर नआएसम्म बेच्न नपाइने नीति र एउटा कम्पनीमा १० प्रतिशतको सर्किट ब्रेकरको नीति हुँदाहुँदै हरेक करोबारमा एकपटकमा २ प्रतिशतभन्दा तलमाथि गरेर मूल्य राख्न नपाइने नियम अनावश्यक हो ।  

लगानीकर्ताहरुले हकप्रद रोक्ने काम गर्नु पनि गलत रहेको उनको विचार रहेको छ ।  

बजारमा केही लगानीकर्ताहरुले उत्ताउलो रुपमा केही कम्पनीमा पम्प एण्ड डम्प गर्न खोज्नु पनि पूँजीबजारका लागि गलत रहेको उनको विचार  छ । यी र यस्तै कारणले बजारमा चमक आउन नसकेको पनि बस्यालको तर्क छ । उनको विचारमा अहिले लगानीकर्ताहरुले अर्थतन्त्रमा सूधार र पुँजीबजारमा दीर्घकालीन माग बढाउने उपाय खोजिरहेका छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.