बुधबार, भाद्र ३,२०८३ 03:59:26
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:59:26
Bizshala
Global IME Bank Limited

लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड
New Office

केई मोटर्सको आधिकारीक वितरक जीओ अटोमोबाइल्स प्रालिलाई संयुक्त रुपमा ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्डबाट सम्मानित गरिएको छ । यी दुई कम्पनीहरुलाई चीनको यीबिनमा आयोजित ‘केई अटो ग्लोबल बिजनेश कन्फ्रेन्स २०२५’मा सम्मानित गरिएको हो ।  

Bizshala
CG Motors

यो मान्यताले लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सलाई उत्कृष्ट प्रदर्शन गर्ने ५० क्षेत्रीय वितरकहरू मध्ये शीर्ष स्थानमा उभ्याएको छ । यसले नेपाली बजारमा यी कम्पनीको मजबुत र प्रभावकारी उपस्थितीलाई उजागर गरेको जनाइएको छ । ‘केई अटो ग्लोबल बिजनेश कन्फ्रेन्स २०२५’ अन्तर्राष्ट्रिय सहकार्यको, अन्तरदृष्टिपूर्ण छलफल, रणनीतिक नेटवर्किङ, र रोमाञ्चक वैश्विक साझेदारीको उत्सवको रुपमा आयोजना गरिएको थियो ।  

यो प्रतिष्ठित मान्यताले लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले नेपाली बजारमा केईका सवारीसाधनको प्रवर्द्धन र ग्राहक सन्तुष्टि को प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको कम्पनीले बताएका छन् । यी दुवै कम्पनी नेपाली ग्राहकहरुको चाहना र आवश्यकताअनुसार नेपाली बजारमा थप नयाँ आकर्षक मोडलहरु भित्र्याउन तयार रहेको बताएका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.