मंगलवार, बैशाख १,२०८३ 02:01:19
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 02:01:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

Bizshala
कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?
Shivam Cement

काठमाण्डौ । तपाईं हामीले चार या पाँच तारे होटलको नाम त सुनेकै छौं ।

तर कमैले १० तारे होटलको नाम भने सुनेको हुनुपर्छ । के तपाईं उक्त होटलमा जानका लागि यात्रा गर्न उत्साही हुनुहुन्छ त ? जसलाई विलासिता मन पर्छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ठूला होटलहरूमा बास बस्न र महँगो बसाइमा पाइने सबै सुविधाहरूको आनन्द लिन चाहनुहुन्छ त ? तपाईंको यो गन्तव्य दुबईस्थित बुर्ज अल अरब होटलमा गएमा पुरा हुन सक्छ । यो संसारको एक मात्र १० तारे होटल हो ।

यो होटल डिसेम्बर सन् १९९९ मा स्थापना गरिएको संसारको सबैभन्दा विलासी होटलमध्ये एक मानिन्छ। यो होटल  शेख मोहम्मद बिन रशीद अल मकतौमले स्थापना गरेका हुन् ।

यो होटेल कृत्रिम टापुमा छ र विश्वको सबैभन्दा अग्लो होटेलहरू मध्ये एक हो। कृत्रिम टापुमा अवस्थित यो वास्तुशिल्प जुमेराहको नजिक निर्माण गरिएको छ, जुन विलासिताको पर्याय पनि हो  ।

जुमेराह तटबाट २८० मिटरको दूरीमा अवस्थित यो होटलमा पुग्नका लागि एउटा घुमाउरो पुलको प्रयोग गर्नु पर्दछ ।

अनौठो आकार तथा भव्यताका साथमा बुर्ज अल अरब केवल एक लग्जरी होटल मात्र नभई दुबईको मात्र नभएर विश्वकै उद्योगी, व्यवसायी, इन्जिनियर तथा कालिगढका लागि महत्वकांक्षी तथा आधुनिकताको प्रतिक पनि हो ।

न्यूज नाइन अनलाइन पोर्टलका अनुसार व्यक्तिले बुक गर्ने सिजनले होटलको मूल्यलाई पनि असर गर्न सक्छ र सामान्यतया, होटलको आवास मूल्य प्रतिरात १ हजार ६५३ यूरोबाट सुरु हुन्छ।

यो लगभग १ हजार ७८० अमेरिकी डलर बराबर हो । कोठा बुकिङ भने वेबसाइटमार्फत गर्न सकिन्छ । होटलमा छूट र विशेष मूल्यहरू पनि उपलब्ध छन् ।

हुन त यो होटेलमा बस्न चाहनु सामान्य मानिसको लागि कल्पनाभन्दा बाहिरको विषय हो ।

मूख्य सहरबाट एक निजी पुल हुँदै यो होटलमा जान सकिन्छ। होटलको छतमा ६८९ फिटको उचाइमा हेलिप्याड पनि छ ।साथै यो समुद्र सतहबाट मात्र ३०० मिटरभन्दा माथि छ।

CG Motors
Garima Development Bank
IME remit

अतिथिको रूपमा तपाईं या त हेलिकप्टरमार्फत् नाटकीय रूपमा प्रवेश गर्न सक्नुहुन्छ वा शाही ठाँटबाँटका साथ रोयल्स कारबाट प्रवेश गर्न सक्नुहुन्छ। कोठाहरूमा भुइँदेखि छतसम्म झ्यालहरू लगाइएका छन् ।

होटेलका कोठाहरू आधुनिक डिजाइनका साथै उच्च स्तरमा सुसज्जित छन् ।त्यसमा पनि सुइट र शाही सुइट कोठाहरु छन्, जसमा विलासी गलैंचा र राम्रो फर्नीचर पनि छ।

यतिमात्र नभई सबै कोठा वातानुकूलित छन्  । एक फ्रिज र वासिङ मेसिनका साथै एक चिया र कफी मेकर पनि छ।

कोठा भित्र वाइफाई, रिएक्टर स्पिकरहरू, एचडी टेलिभिजनहरू र अन्य सुविधाहरु समावेश छन्  ।

यो होटलबाट अरब सागरको मनमोहक दृष्य पनि अवलोकन गर्न सकिन्छ । -एजेन्सीहरु

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.