बिहीबार, बैशाख ३१,२०८३ 07:14:21
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:14:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कारोबार गर्नै जान्दैनन् लगानीकर्ता, १० महिनामा तिरे साढे १० करोड क्लोजआउट

Laxmi Sunrise Bank Limited
कारोबार गर्नै जान्दैनन् लगानीकर्ता, १० महिनामा तिरे साढे १० करोड क्लोजआउट
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा लगानीकर्ताहरुले १० करोड ६८ लाख रुपैयाँबराबर क्लोजआउट बापतको जरिवाना तिरेका छन् । यो भनेको अघिल्लो आर्थिक वर्षको एक बर्षको समयावधि भन्दा बढी हो ।  वैशाख महिनामा मात्रै लागानीकर्ताहरुले ७९ करोड ५२ लाख ७०४ रुपैंयाँ क्लोजआउटबापतको जरिवाना तिरेका छन् । यस्तो जरिवाना लगानीकर्ताहरुले समयमा नै इडिआएस नगर्दा तिर्ने गरेका हुन्छन् ।  

गत आथिर्क वर्ष २०८०/८१ को एक वर्षमा लगानीकर्ताहरले ६ करोड ६५ लाख २७ हजार रुपैयाँ क्लोजआउट बापत जरिवाना तिरेका थिए । सीडीएससीका अनुसार यो अवधिमा २९ लाख ७१ हजार ८९४ वटा क्लोजआउटका घटना भएका छन् । यो संख्या आव २०७९÷८० को तुलनामा ४०० प्रतिशतले बढी हो । आव २०७९÷८० मा ६ लाख २ हजार २३८ जना क्लोजआउटमा परेका थिए ।

आव २०७९/८० मा लगानीकर्ताले समयमै ईडीआईएस नगर्दा २० प्रतिशत जरिवाना स्वरुप ४ करोड १७ हजार रुपैयाँ तिरेका थिए । यो रकमको २५ प्रतिशत आकस्मिक जरिवाना कोषमा जाने गर्छ भने बाँकी किन्ने लगानीकर्तालाई ब्रोकरहरुले दिने गर्छन् ।  

Bizshala
New Office
CG Motors

यस्तै आर्थिक वर्ष २०७७/७८ मा क्लोजआउट बापत लगानीकर्ताहरुले १५ करोड ३४ लाख रुपैयाँ बढी तिरेका थिए । यस्तै आर्थिक वर्ष २०७८/७९ मा भने क्लोजआउट बापत ९ करोड ७८ लाख ९४ हजार रुपैयाँबराबरको रकम लगानीकर्ताले जरिवाना स्वरुप तिरेका थिए ।  

आर्थिक वर्ष २०७९/८० मा भने लगानीकर्ताले तिर्ने क्लोजआउट बापत जरिवना आधाभन्दा बढीले घटेको सीडीएससीको तथ्यांकले देखाउँछ ।  

विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने प्राइमो सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १६) का एक सञ्चालकले जानकारी दिए । सेयर बेचेको २४ घन्टाभित्र अनिवार्य रुपमा ‘मेरो सेयर’मा गएर ईडीआईएस गर्नुपर्छ । तर, धेरै नयाँ लगानीकर्तालाई अहिले पनि सेयर बेचेपछि आफ्नो काम सकिएको र ‘मेरो सेयर’मा गएर अनिवार्य रुपमा ईडीआएस गर्नुपर्छ भन्ने थाहा नभएको पाइन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यसैले ‘मेरो सेयर’मा आफ्नो सेयर फ्री रहेको छ वा छैन भन्ने एकिन गर्न पनि लगानीकर्ताहरु चुक्ने गरेका छन् । जसका कारण सेयर हस्तान्तरण नहुँदा लगानीकर्ताहरु क्लोजआउटमा पर्ने गरेका छन् ।

अहिले बजार पूर्ण रुपमा प्रविधिमैत्री पनि बनेको छ ।  ९० प्रतिशत लगानीकर्ताले अहिले अनलाइन प्रणालीबाटै कारोबार गरिरहेका छन् ।

सेयर बजारमा आकर्षण बढेसँगै क्लोजआउटको समस्या भने यथावत नै रहेको छ । प्रविधिमैत्री बजारमा क्लोजआउटको समस्या कम हुँदै जानुपर्ने तर्क भइरहेकै बेला विभिन्न कारणले यो समस्या यथावत नै रहेको देखिन्छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.