शुक्रबार, असार १२,२०८३ 05:17:53
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:17:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओको तयारीमा रहेको लिबर्टी माइक्रो लाइफले डाक्यो साधारण सभा

Laxmi Sunrise Bank Limited
आईपीओको तयारीमा रहेको लिबर्टी माइक्रो लाइफले डाक्यो साधारण सभा

काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी असार ६ गते पोखरामा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।  

सभामा सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । यस्तै चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको रु. १०० अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो ।  

कम्पनीले आईपीओ निष्काशन प्रयोजनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई  धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले २०८१ मंसिर २० गते आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.