काठमाण्डौ । सेरेस ब्रान्डको बारेमा फैलिएका हल्लाहरूको बारेमा स्पष्ट गर्दै ब्रान्डले नेपालमा आफ्नो सेवा निरन्तर रूपमा दिइरहेको पुष्टि गरेको छ। नेपालमा सेरेस सवारीसाधनको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले सेरेसको कारोबार नियमित रूपमा चलिरहेको मात्र होइन, छिट्टै नै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारीसमेत भइरहेको जानकारी दिएको छ।
यसले नेपाली बजारप्रति सेरेसको प्रतिबद्धता र यहाँको अटोमोबाइल क्षेत्रभित्र उसको उपस्थितिलाई अझै मजबुत बनाएको छ।
एमएडब्ल्यू अटोमोबाइलले गर्वका साथ आफुलाई नेपालको नम्बर १ अटोमोबाइल कम्पनीका रूपमा प्रस्तुत गरेको छ । जसको बलियो बिक्री र सेवा संरचनाले सेरेसका ग्राहकहरूलाई प्रत्यक्ष लाभ पुर्याएको छ। हालसम्म नेपालभरि ५०० भन्दा बढी सेरेस गाडीहरू वितरण भई सञ्चालनरत छन् ।
जुन ग्राहकहरूको बढ्दो विश्वास र सेरेसप्रतिको सन्तुष्टि दर्शाउने प्रमाण भएको कम्पनीले जनाएको छ। इलेक्ट्रिक भेहिकलका क्षेत्रमा प्रवेश गरेदेखि नै एमएडब्ल्यू वृद्धिले एक स्थायी ग्राहक वर्ग निर्माण गरेको छ र नेपालको दिगो यातायाततर्फको यात्रामा उल्लेखनीय योगदान पुर्यालएको छ। ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर फैलिएको सेवा केन्द्रहरूको सञ्जालमार्फत सेरेसले गाडीधनीहरूलाई सहज र समयमै सेवा उपलब्ध गराइरहेको जनाएको छ। देशभर सर्भिस लोकेसनहरूको संख्या बढेसँगै ग्राहकहरूले मर्मत तथा सर्भिसको पहुँच झनै सजिलो रूपमा पाउन थालेका छन्। सेरेस गाडीहरू अहिले देशभर फैलिएको १२२ वटा चार्जिङ स्टेसनको सञ्जालबाट सशक्त रूपमा समर्थित छ ।
नयाँ अफरहरू, सजिलो सर्भिसिङ, निरन्तर सहयोग र अन्य धेरै सुविधाहरु रहेको कम्पनीले जनाएको छ । यी सबैका बीचमा सेरेस एक्सपिरियन्स सधैंभरि ग्राहकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने र नेपाललाई दिगो यातायाततर्फ डोर्याउने यात्रामा महत्वपूर्ण भूमिका खेलिरहनेछ प्रतिबद्धता जाहेर गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                         
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                