काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् । जेठ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई जेठ २५ गतेदेखि लागू हुनेगरी सीईओ पदको जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ । सीईओको रुपमा उनको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।