इन्फिनिटी लघुवित्तका सञ्चालक भट्टराईको राजीनामा स्वीकृत
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक मुकुन्द प्रसाद भट्टराईले दिएको राजीनामा स्वीकृत भएको छ । असार १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले भट्टराईले संस्थाप्रति हालसम्म गरेको योगदानको उच्च कदर गर्दै असार १५ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

