काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको ५ हजार ७५० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि विद्यमान संस्थापकका साथै आम सर्वसाधारणले समेत बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।
लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई संस्थाको नवलपरासीको गैडाकोटमा रहेको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्नु पर्नेछ। लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।