सोमबार, असार १५,२०८३ 10:48:00
Bizshala
  • सोमबार, असार १५,२०८३ 10:48:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इन्फिनिटी लघुवित्तले अब कर्जालगायत अन्य भुक्तानीहरू सिधै सदस्यको बैंक खातामा भुक्तानी गर्ने

Laxmi Sunrise Bank Limited
इन्फिनिटी लघुवित्तले अब कर्जालगायत अन्य भुक्तानीहरू सिधै सदस्यको बैंक खातामा भुक्तानी गर्ने

काठमाण्डौ । इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस जोडी डिजिटल कारोबार सुरु गरेको छ । यसैसँग इन्फिनिटी लघुवित्त एनपीआईमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ ।  

इन्फिनिटी लघुवित्तले अब एनसीएचएल–आईपीएस/आरपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरु गर्न सक्नेछ । साथै, तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सक्नेछ। इन्फिनिटी लघुवित्तले एनपीआई मार्फत आफ्नो शाखाहरुको बैंक खातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्न समेत सक्नेछ  ।

New Office
CG Motors
Garima Development Bank

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, ११ वटा लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढिगैर—बैंकिङ संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । यस मार्फत सदस्यहरुले संस्थाहरुले एनसीएचएल–आईपीएस÷आरपीएस प्रणालीहरुको प्रयोग गर्न सक्नेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२०७३ मा स्थापित इन्फिनिटी लघुवित्तले नेपालका निम्न आय वर्गका परिवारहरुलाई बचत निक्षेपसंकलन तथा ऋण भुक्तानी, रेमिट्यान्स तथा माइक्रो बिमाका सेवाहरु प्रदान गर्दै आइरहेको छ । इन्फिनिटीले आफ्नो सामूहिक नेटवर्क मार्फत लेन्डिङ मोडल पछ्याउंदै नेपालको ४८ जिल्लाहरुमा ९६ शाखाहरु फैलाएको छ र १ लाख भन्दा बढि घरदुरी ओगटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.