मंगलवार, श्रावण ५,२०८३ 03:11:36
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:11:36
Bizshala
Global IME Bank Limited

वार्षिकोत्सवको अवसरमा इन्फिनिटी लघुवित्तको सामाजिक कार्य

वार्षिकोत्सवको अवसरमा इन्फिनिटी लघुवित्तको सामाजिक कार्य
New Office

काठमाण्डौ । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव विशेष सामाजिक कार्य गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले देवघाट स्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण, भोजन गराउनुका साथै आर्थिक सहयोग प्रदान गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुखहरू, केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरू तथा उक्त वृद्धाश्रमका व्यवस्थापन तथा वृद्धवृद्धा आमा बुवाहरुको उपस्थिति रहेको थियो ।

आश्रम व्यवस्थापन समितिले इन्फिनिटी लघुवित्तले देखाएको मानवीय सेवा र सद्भावप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.