मंगलवार, श्रावण ५,२०८३ 03:18:14
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:18:14
Bizshala
Global IME Bank Limited

इन्फिनिटी लघुवित्तको शाखा प्रमुख तथा अनुगमन अधिकृतहरुलाई ब्यवस्थापन तालिम तथा अर्ध वार्षिक समीक्षा सम्पन्न

इन्फिनिटी लघुवित्तको  शाखा प्रमुख तथा अनुगमन अधिकृतहरुलाई ब्यवस्थापन तालिम तथा अर्ध वार्षिक समीक्षा सम्पन्न
New Office

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा आयोजित शाखा प्रबन्धक कर्मचारीहरुको लागी २ दिने “ग्लष्तभम ष्ल ख्ष्कष्यल, भ्हअभििभलअभ ष्ल भ्हभअगतष्यल” विषयक तालिम माघ १६ र १७ गते लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र बुटवल मणीग्राममा सम्पन्न भएको छ ।

उक्त तालिममा इन्फिनिटी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको अध्यक्षतामा सञ्चालित उक्त तालिममा संस्थाका सञ्चालक शशी तिमल्सीना, सस्थापक पूर्व अध्यक्ष बलराम बिष्ट तथा सबै प्रदेशबाट १०० वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरु, १५ वटा अनुगमन स्टेशनका अनुगमन अधिकृत तथा केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरु सहित को सहभागिता रहेको थियो ।

उक्त तालिम कार्यक्रम मा प्रशिक्षक सहजकर्ताको रुपमा आन्तरिक लेखापरिक्षण विभाग प्रमुख कृष्ण प्रसाद खनालले बैंक वित्तीय संस्थाले पालना गर्नुपर्ने प्रचलित ऐन नियम संस्थाका पोलिसी कार्यान्वयन तथा कैफियत सुधारको अवस्था,कर्जा विभाग प्रमुख अमरनाथ सेडाईले कर्जा बिश्लेषण तथा गुणस्तरीय लगानी, अनुगमन तथा असुली विभाग प्रमुख कुशल खनालले कर्जा जोखिम, खराव कर्जा व्यबस्थापन र निराकरणको उपाय, सुचना विभाग प्रमुख सुभाश कुमार गुप्ताले संस्थाको हालको वित्तीय अबस्था, सिष्टम जोखिम,प्रविधीको प्रयोग र सुरक्षाका उपायहरु, कार्य संञ्चालन तथा वित्त विभाग प्रमुख रितु बानियाले सञ्चालन जोखिम तथा वित्तीय ब्यबस्थापनका  विषयमा प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रमको उ्दघाटन गर्र्दै प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले शाखा प्रमुख तथा अनुगमन अधिकृतहरुलाई हालको समसामयिक विषय, संस्थाको भावी कार्यक्रम, खराब कर्जा व्यवस्थापन विषयमा यस तालिमले हौसला प्रदान गरी आगामी दिनमा वित्तीय संस्थालाई अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सञ्चालक तथा संस्थापकहरुले कर्मचारीहरुको दक्षताले मात्रै बैंक सबल बन्न सक्ने, सेवा ग्राहीलाई पनि राम्रो सेवा दिन सकिने बताउदै सेवा ग्राहीलाई उत्कृष्ट  सेवा दिने गरि सिकेका कुराहरु ब्यवहारमा कार्यन्वयन गर्न निर्देशन दिए । 

तालिमबाट कर्मचारीको दक्षता बिकास भई संस्थागत लक्ष्य हाशिल गर्न उर्जा मिल्ने र सबै कर्मचारीलाई दक्ष कर्मचारीको रुपमा बिकास गर्ने बैंकको उद्देश्य रहेको बताएका थिए । तालिममा ४९ जिल्लाका १०० जना शाखा प्रमुख तथा अनुगमन अधिकृतहरुको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण कृष्ण प्रसाद खनालले गरेका थिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.